• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

डिग्रे मेला सुरु

image not found

सानीभेरी समाचार डेस्क

मंसीर, ४ ।

राप्ती अंचलकै प्रसिद्ध धार्मीक स्थल रुकुमको डिग्रे शाइकुमारी मन्दिरमा हिजो सोमबारबाट मेला सुरु भएको छ । हरेक वर्ष हरिवोधनी एकादशी देखी कात्र्तिक शुक्लपुर्णिमा सम्म लाग्ने डिग्रे मेला सोमबारबाट सुरु भएको हो ।

 

मेलाको पहिलो दिन हिजो करिव ६ सय भन्दा बढी दर्शनार्थिले पुजापाठ गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । साथै लाखबत्ती बालेर पुजापाठ गरिएको छ । सोमबार पहिलो दिन दिउँसो १ वजे सम्मको भेटी ८ हजार ६ सय संकलन भएको बताईएको छ । 

 

हिजो एकादशी परेकोले पुजापाठ मात्र गरिएको र आज बिहानैबाट पुजापाठ संगै बलि दिन सुरु गरिएको छ । सोमबार एकादशीबाट सुरुभएको मेला ७ गते पुर्णिमा सम्म लाग्ने छ । पुजापाठका लागि भक्तजनहरु रुकुम पूर्व र पश्चिमका सवै ठाउँ तथा छिमेकी जिल्लाहरु सल्यान, जाजरकोट, रोल्पा, सुर्खेत, दाङ्ग, बाँके, वर्दिया, डोल्पा, अर्घाखाँची लगायतका ठाउँबाट डिग्रे मन्दिर आउने गर्दछन् । 

 

मेलामा जुवातास खेल्न, खेलाउन, मदिरा तथा मदिरा जन्य पदार्थ सेवन तथा विक्रि वितरण गर्न पुर्ण रुपमा रोक लगाइएको छ । निर्णय विपरित कसैले त्यस्ता खालका गतिविधि गरेमा कारवाहि गरिने मेला व्यवस्थापन समिति अध्यक्ष लालबहादुर केसीले बताउनुभयो । 

 

डिग्रे शाइकुमारी मन्दिरमा पुजा पाठ गर्नाले मनले चिताएको पुग्ने जनविश्वास रही आएको छ ।