• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

गोली र खुकुरी प्रहार गरी श्रीमति र छोराको हत्या

image not found

सानीभेरी समाचार डेस्क

मंसीर, २ ।

रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमति र छोराको हत्या गरेका छन् । जिल्लाको त्रिवेणि गाउँपालिका १ बल्लेजुराका ४९ वर्षिय सत्तवहादुर बुढाले श्रीमति ४२ वर्षिया इन्द्रकला बुढा र छोरा ११ वर्षिय स्वयम प्रकाश बुढाको हत्या गरेका हुन् । 

 

बुढाले शनिबार राति २ बजेको समयमा श्रीमति इन्द्रकलालाई भरुवा बन्दुकले गोलि र छोरा स्वयम प्रकाशलाई खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । स्थानीयले खवर गरेपछि घटना स्थलमा पुग्दा आमा छोरा हत्या गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिनुभयो । 

 

बुढाले श्रीमति र छोराको हत्यापछि आत्महत्याको प्रयास समेत गरेको उहाँले बताउनुभयो । बुढाले आफ्नै घाँटीमा खुकुरी प्रहार गरेको डिएसपि खड्काले बताउनुभयो । बुढाले मदिरा सेवन गरी श्रीमति र छोराको हत्या गरेको बुझिएको र बाँकी अनुसन्धान गर्न बाँकी रहेको डिएसपि खड्काको भनाई छ । बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

 

स्थानीयले भने बुढा मानसिक रुपमा स्वस्थ नरहेको बताएका छन् । बुढा यसअघि ५ दिन जंगलमा बसेका थिए । परिवारले खोजी गरी घर ल्याई धामि झाँक्रि गरेको र उपचारका लागि अस्पताल लैजाने तयारी भैरहेका बेला घटना भएको स्थानीयको भनाई छ । बुढा परिवारमा यसअघि पनि पटक पटक झगडा हुने गरेको थियो ।