• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

चलिरहेको पिङ डल्दा ५ घाईते

image not found

सानीभेरी समाचार डेस्क 

कार्तिक २९, रुकुम पश्चिम ।

 

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ९ राडिमा चलिरहेको पिङ ढल्दा ५ जना घाईते भएका छन् । राडिमा जारी परम्परागत चौतारा मेलामा चलिरहेको पिङ डल्दा ५ जना घाईते भएको प्रहरीले जनाएको छ । 

 

घाईते हुनेमा आठबीसकोट नगरपालिका ४ आरुखोला गोतामकोटका ५२ वर्षीय कालिबहादुर बिक, उहाँकी श्रीमती ५१ वर्षीया बेलमती विक, वडा नं. ११ गोइरीकी १४ वर्षीया दिपा सिंह, वडा नं. ९ बटाला गाउँकी ७ वर्षीया विमला परियार र नलगाड नगरपालिका ८ हलचौर जाजरकोटका ९ वर्षीय लोकेन्द्र खत्री रहेको इलाका प्रहरी कार्यालय आठबीसकोटका इन्चार्ज मदन शाहीले जानकारी दिनुभयो । 

 

घाईते हुने मध्ये आठबीसकोट नगरपालिका ११ गोइरीकी १४ वर्षीया दिपा सिंह मात्र पिङमा चढेकी थिईन भने अन्य सबै पिङ नजिकै रहेकाले चेपिएर घाईते भएका हुन् । घाईते मध्ये कालिबहादुर र लोकेन्द्रको अवस्था गम्भिर रहेको प्रहरीको भनाई छ ।

 

गम्भिर घाईते भएका कालिवहादुरले नै उक्त पिङ संचालन गरेको बताईएको छ । घाईतेहरुको आठबीसकोट नगर अस्पताल राडिमा उपचार भैरहेको छ ।।