• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

अविश्वासमा न्यायिक समिति

image not found

सानीभेरी समाचार डेस्क

कात्तिक २९ ।

रुकुम पूर्वमा न्यायिक समिति प्रति नागरिकको आकर्षण देखिएको छैन् । स्थानीय तह बनि न्यायिक समिति गठन भएको एक वर्षभन्दा लामो समय भैसक्दा पनि जिल्लामा रहेका न्यायिक समितिमा निकै कम मात्र उजुरी परेका छन् । 

 

तीन वटा स्थानीय तह मध्ये एउटा स्थानीय तहमा रहेको न्यायिक समितिमा एउटा पनि उजुरी परेको छैन् । भुमे गाउँपालिका न्यायिक समितिमा कुनैपनि उजुरी आएको छैन् । 

 

दोस्रो चरणमा २०७४ को असार १४ गते स्थानीय तहको निर्वाचन भएसंगै न्यायिक समिति गठन भएपनि हालसम्म एउटा पनि उजुरी नआएको न्यायिक समिति संयोजक मनकुमारी बुढा बिष्टले बताउनुभयो । 

 

केहि सामान्य उजुरीहरु वडामै मिल्ने गरेको र गाउँपालिकामा रहेको न्यायिक समिति समक्ष अहिलेसम्म एउटा पनि उजुरी नपरेको उहाँको भनाई छ । जिल्लाको सिस्ने गाउँपालिकामा रहेको न्यायिक समितिमा ७ वटा उजुरी परेका छन् । 

 

जसमध्ये दुई उजुरी माथि छलफल भई मेलमिलाप भैसकेको र अव ५ वटा उजुरी माथि छलफल हुन बाँकी रहेको न्यायिक समिति संयोजक गोबद्र्धन बुढाले बताउनुभयो । 

 

वडा मै धेरै कुराहरु मिल्ने भएकाले गाउँपालिका सम्म एकदम कम मात्र उजुरी आउँने गरेको उहाँले बताउनुभयो । ‘धेरै उजुरी माथि वडामै छलफल हुने गरेको छ, उहाँले भन्नुभयो–वडामा मेलमिलाप केन्द्र बनेपछि गाउँपालिकामा निकै कम मात्र उजुरी आईरहेका छन् ।’ 

 

वडामा मिल्न नसकेका उजुरी मात्र न्यायिक समितिमा आउँने गरेको बुढाले जानकारी दिनुभयो । जिल्लाको अर्को स्थानीय तह पुथाउत्तरगंगा गाउँपालिकामा रहेको न्यायिक समितिमा पनि निकै कम मात्र उजुरी परेका छन् । 

 

एक वर्षको अवधिमा ५ वटा मात्र उजुरी आएको न्यायिक समिति संयोजक ओमकुमारी शाही मल्लले बताउनुभयो । पाँच उजुरी परेकामा उक्त सबै उजुरी फछ्र्यौट भैसकेको उहाँको भनाई छ । 

 

‘कुटपिट र भाडा नदिएको सम्बन्धीका ५ वटा उजुरी परेका थिए, उहाँले भन्नुभयो–न्यायिक समिति र प्रहरीको साझेदारीमा उक्त सबै मुद्धामा छलफल गराई मेलमिलाप गराईसकिएको छ ।’ 

 

गाउँपालिकाले न्यायिक समितिका काम, कर्तव्य र अधिकारका विषयमा गाउँपालिकावासीलाई जानकारी गराईरहेको संयोजक मल्लले जानकारी दिनभयो ।