• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

अवको आन्दोलन विकास र उत्पादनकोः प्रभाकर

image not found

सानीभेरी समाचार डेस्क 

कार्तिक २६, रुकुम पश्चिम ।

 

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा प्रतिनिधि सभाका सांसद जनार्दन शर्मा प्रभाकरले अवको आन्दोलन विकास र उत्पादनको भएको बताउँनुभएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका १ मा आयोजित पालाकोट धार्मिक तथा पर्यटन महोत्सवको आज उद्घाटन गर्दै उहाँले राजनितिक आन्दोलन पुरा भएको बताउनुभयो । 

‘नेपालमा लामो समय राजनितिक आन्दोलन चल्यो र निष्कर्षमा पुग्यो, उहाँले भन्नुभयो–अवको आन्दोलन भनेको विकास र उत्पादनको हो ।’ विकास र उत्पादन संग संगै अगाडि बढ्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो । त्यस्तै उहाँले यस आन्दोलनको नेतृत्व युवाहरुले गर्नुपर्ने बताउनुभएको छ । 

 

युवाहरुको परिचालन विना समृद्धि हाँसिल गर्न नसकिने उहाँको भनाई छ । ‘युवाहरु देशका खम्बा हुन, उनिहरुलाई स्वदेशमै श्रम गर्ने वातावरण सरकारले सृजना गर्नुपर्छ, युवाहरु लागेभने देशले समृद्धि हाँसिल गर्न समय लाग्दैन उहाँले भन्नुभयो ।’ 

 

राजनितिक आन्दोलनलाई सफल पार्नका लागि जनताले जिउ ज्यान दिएर सहयोग गरेको र अव विकास र उत्पादनको आन्दोलनलाई सफल पार्न पनि त्यसै गरी लाग्नुपर्ने बताउनुभयो । पूर्व गृहमन्त्री समेत रहेका नेता प्रभाकरले आजैबाट विकास र उत्पादनको आन्दोलनमा जोडिन सबैसामु अपिल गर्नुभएको छ । 

 

साथै उहाँले कर्णाली प्रदेशलाई अग्र्यानिक प्रदेशका रुपमा विकास गर्न कर्णाली प्रदेश लागेको जानकारी गराउँदै सरकारको यस अभियानलाई पनि ध्यानमा राखेर उत्पादनमा जोडिन आग्रह गर्नुभयो । यसैविच उहाँले पर्यटनलाई पनि उत्पादन संग जोडेर हेर्नुपर्ने बताउनुभयो । 

 

प्रकृतिले निशुल्क रुपमा दिएका पर्यटकिय स्थलहरुको सून्दरतालाई बेचेर त्यसलाई उत्पादनसंग जोड्नुपर्ने उहाँको सुझाव छ । त्यस्तै सरकारले सबै गरिदिन्छ भन्ने मानसिकता त्याग्न उहाँले सबैलाई आग्रह गर्नुभएको छ । 

 

‘सरकारले त गर्नुपर्छ र गर्छ पनि, उहाँले भन्नुभयो–तर सबै कुरा सरकारले मात्र गरिदिनुपर्छ भन्ने मानसिकता पछिल्लो समय बढ्दै गएको छ, यो गलत हो ।’ प्रत्येक नागरिकले अव आ आफ्नो घर घरबाट समृद्धिको सुरुवात गर्ने बेला आएको उहाँले बताउनुभयो ।।