• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

१० किलो एक सय ग्राम चरेश सहित तीन जना पक्राउ

image not found

सानीभेरी समाचार डेस्क

कात्तिक, २० ।

रुकुम पश्चिममा ठुलो मात्राको चरेश सहित तीन जना पक्राउ परेका छन् । जिल्लाको आठबीसकोट नगरपालिका १३ भल्मबाट १० किलो एक सय ग्राम चरेश सहित तीन जनालाई प्रहरीले गयराति पक्राउ गरेको हो । 

 

चरेश सहित पक्राउ पर्नेमा आठबीसकोट नगरपालिका ९ राडिका ४२ वर्षिय इन्द्र चन्द, सोही ठाउँका ३८ वर्षिय कर्णवहादुर शाही र सल्यान शिद्धकुमाख गाउँपालिका ढोरचौर घर भई हाल तुलसिपुर उपमहानगरपालिका ९ मा बस्दै आएका ६० वर्षिय हिक्मत बुढाथोकी रहेको प्रहरीले जनाएको छ । 

 

किनवेचका लागि आठबीसकोट नगरपालिका १३ घेत्मा गाउँबाट सोही वडाको भल्म तर्फ लैजादै गरेको चरेश सहित तीन जनालाई गयराति १ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिनुभयो । ठुलो परिमाणको चरेश किनवेच हुन लागेको सूचनाका आधारमा कर्णाली प्रदेश ब्युरो(सिआईटी)को टीम र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको डिएसपी खड्काले बताउनुभयो । 

 

१० किलो एक सय ग्राम चरेश सहित ४३ हजार ४ सय ४५ रुपैंया नगद, तीन थान मोबाईल, सानो तराजु दुई थान, डिजिटल स्प्रिङ तराजु एक थान, नापतौल गर्ने पुरानो सिक्का १७ वटा र कालो र सुन्तला रंगको एउटा टर्च पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।