• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

सार्वजनिक विदाको दिन नागरिकता बितरण

image not found

सर्जना कार्की रुकुम पूर्व,

कात्तिक १९ ।

रुकुम पुर्वको भुमे गाउँपालिका ६ धरमशालामा एक दिने नागरिकता बितरण घुम्ति शिबिर सम्पन्न भएको छ । सार्वजनिक बिदाको दिन जिल्लाका बिभिन्न ठाउँमा घुम्ती शिबिरको आयोजना गर्दै आएको जिल्ला प्रशासन कार्यालयले शनिबार भुमे ६ धरमशालामा शिबिर संचालन गरेको हो ।

 

शिबिरमा ३५ जनालाई नागरिकता बितरण गरिएको प्रमुख जिल्ला अधिकारि मित्रलाल शर्माले बताउनु भयो । जसमा २४ जना महिला र ११ जना पुरुषले नागरिकता पाएका छन् । साथै नागरिकता पाउने सबैको नाम मतदाता परिचयपत्रमा नाम दर्ता गरिएको छ ।  

 

गाउँ टोलमा आएर नागरीकता वितरण गरेको भन्दै धरमशालाबासीले खुसी व्यक्त गरेका छन् । प्रमुख जिल्ला अधिकारीको यो काम निकै सराहनिय भएको र अन्य ठाउँमा पनि नागरकिताबाट बञ्जित धेरै नागरीकहरु भएको भन्दै यो कामलाइ निरन्तरता दीन उनिहरुले आग्रह गरेका छन् ।

 

गाउँपालिकाको अन्य ठाउँमा यस्तै शिबिर संचालन गरिने गाउँपालिका अध्यक्ष रामसुर वुढामगरले बताउनुभयो । दुरदराजका बस्तिबाट सदरमुकाम पुग्न कम्तिमा पनि ४ दीन हिड्नुपर्ने समस्या रहेकाले पनि गाउँमा घुम्ति शिबिर मार्फत नागरिता बितरण गरिएको बताइएको छ । 

 

हरेक सार्बजनिक बिदाको दिन समय मिलाएर गाउँमा पुग्ने र नागरिकता बितरण तथा अन्य शिबिर संचालन गर्ने प्रजिअ शर्माले बताउनुभयो ।