• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

लिफ्ट खानेपानी आयोजनाको दोस्रो परिक्षण सम्पन्न

image not found

सानीभेरी समाचार डेस्क 

कात्तिक, १९ ।

रुकुम (पश्चिम) को मुसीकोट नगरपालिका वडा नम्बर ११ मा लिफ्ट खानेपानी आयोजनाको दोश्रो तथा अन्तिम परिक्षण सम्पन्न भएको छ । नगरपालिकाको एक घर–एक धाराको अवधारणा अनुसार खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुकुम (पश्चिम) द्वारा निर्मित लिफ्ट खानेपानी आयोजनाको दोश्रो तथा अन्तिम परिक्षण गरिएको हो । 

 

मुसीकोट नगरपालिकाको वडा नम्बर ११ अर्थात साबिकको भलाक्चा गाबिस १ र ४ नम्बर वडालाई लक्षित गरि निर्माण गरिएको आयोजनामा ६३ एम.एल.को  पाएपबाट पानी तानिएको छ । खोलामाथीको गाउँमा ६३ एम.एल.को पाएपबाट पानी आउन थालेपछि स्थानीयबासी खुसी भएका छन् । 

 

१ सय ५० मिटर उचाईमा रहेको उक्त गाउँमा खोलाको मुहानबाट ६३ एम.एल.को पाएपबाट पानी तानिए पनि घर–घरमा लाइन बिस्तार गर्न भने अझै केहि समय लाग्ने वडा अध्यक्ष पदमबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त आयोजनाबाट करिब १ सय ५० घरधुरी लाभाम्बीत हुने छन् । 

 

उक्त आयोजनाको पहिलो स्टेपको परिक्षण पनि केही महिना पहिले मात्र गरिएको थियो ।