• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

प्लाष्टिक सर्जरी शिविरमा २५ जना विरामीको शल्यक्रिया

सानीभेरी समाचार डेस्क

कात्तिक, १९ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा संचालित प्लाष्टिक सर्जरी शिशिवरबाट विभिन्न प्रकृतिका २५ जना विरामीहरुको सफल शल्यक्रिया भएको छ  । जन्मजात ओठ तथा तालु फाटेका, आगोले पोली शरिरको एक भाग अर्काे भाग संग जोडिएर शरिरीर संकुचन भएका विरामीहरुको शल्यक्रिया भएको हो । 

 

भौगोलिक विकटता र आर्थिक रुपले जिल्ला वाहिर गई उपचार गर्न नसक्ने विरामीहरुलाई लक्षित गरी ३ दिने निशुल्क शल्यक्रिया शिविर संचालन गरीएको थियो । चौरजहारी नगरपालिका रुकुमको आर्थिक सहयोग र कल्यानकारी अपांग सेवा संघ सल्यान र स्थानिय सिबिआरको आयोजना तथा किर्तिपुर अस्पताल काठमाडौको प्राविधिक सहयोगमा शिविर संचालन गरीएको हो । 

 

रुकुम, सल्यान र जाजरकोट जिल्ला बाट आएका ४१ जना विरामीहरु मध्ये २५ जना विरामीको शल्यक्रिया गरीएको संयोजक बद्री राईमाझीले जानकारी दिनुभयो । शिविरको एक कार्यक्रमकाबिच समापन गरिएको छ ।

 

समापन कार्यक्रममा बोल्दै चौरजहारी नगरप्रमुख विशाल शर्माले नगरले प्रत्येक वडामा गएर जनताहरुलाई निशुल्क स्वास्थ्य उपचार गर्दै आईरहको अवस्थामा पलास्टिक सर्जरी शिविरले थप सहयोग पु¥याएको वताउनु भयो । 

 

उहाँले शिविरमा प्लाष्टिक सर्जन डाक्टर मंगल घर्तिमगर, डाक्टर विनोद कर्ण, डाक्टर कपिल पोखरेल, चौरजहारी अस्पतालका डाक्टर कालेव वुढा लगाएत चिकित्सकहरुलाई सम्मान गर्नुभएको छ ।