• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

घर आगलागि हुँदा ५० हजारको क्षति

image not found

सानीभेरी समाचार डेस्क

कात्तिक, १९ ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं. ६ देउता खोला स्थित एक घरमा आगलागि भएको छ । स्थानीय भक्त वहादुर घर्तीको घरमा आईतबार बेलुकी आगलागि भएको हो । 

 

एक तले खरले छाएको घरमा आगलागि हुँदा ५० हजार बराबरको क्षति भएको आगोलागि पिडित घर्तीले बताउनुभयो । घरमा रहेका लत्ता कपडा र अन्नपात गरी उक्त क्षति भएको बताईएको छ । 

 

स्थानीय बच्चा बच्चिले खेलिरहेको बेला घरमा आगलागि भएको त्यहाँबाट डिलवहादुर केसीले जानकारी दिनुभयो । ५२ वर्षिय पिडित घर्ती अविवाहित हुनुहुन्छ भने उहाँले दैनिक ज्याला मजदुरी गरेर गुजारा गरिरहनु भएको छ । 

 

ज्याला मजदुरी गरेर जोडेको लत्ता कपडा तथा अन्नपात सबै आगोले सखाप भएपछि घर्ती पूर्ण रुपमा विस्थापित हुनुभएको छ । उहाँ अहिले स्थानीयको घरमा सरण लिएर बसिरहनुभएको छ । 

 

आगो स्थानीयले नियन्त्रणमा लिएपनि घर भने पूर्णरुपमा जलेर ध्वस्त भएको बताईएको छ ।