• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

धनमाया स्मृति प्रतिष्ठानको अध्यक्षमा मिलन खड्का

image not found

सानीभेरी समाचार डेस्क

कात्तिक १८ ।

धनमाया स्मृति प्रतिष्ठान नेपाल रुकुमको पहिलो साधारण सभा मुसीकोट खलंगामा सम्पन्न भएकोे छ । साधारणसभाले मिलन खड्काको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 

 

जसको उपाध्यक्षमा जोखिमाया कठायत, महासचिवमा ईन्दिरा बिएम, कोषाध्यक्षमा मिना मल्ल रहनु भएको छ । साथै प्रतिष्ठानले १० सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । 

 

२०७४ साल भदौमा स्थापना भएको प्रतिष्ठानले रुकुम(पश्चिम) र रुकुम(पुर्व) दुबै जिल्लामा काम गरिरहेको छ । सधारणसभामा प्रतिष्ठानले आफ्नो आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो । 

 

प्रतिष्ठानले ३५ हजार आय, ५५ हजार ७ सय ५५ व्यय र २० हजार ७ सय ५५ ऋण रहेको आर्थिक प्रतिबेदन प्रस्तुत गरेको हो । उपाध्यक्ष कमला रोकाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

 

त्यस्तै संस्थाको बार्षिक प्रतिबेदन संस्थाकी संस्थापक अध्यक्ष मिलन खड्काले प्रस्तुत गर्नुभएको थियो । 

 

साधारण सभामा बोल्दै ५ नम्वर प्रदेश सभा सदस्य आशा स्वर्णकारले महिला अधिकारको लागि प्रतिष्ठानले महत्वपुर्ण काम गर्दै आएको र बाँकि दिनमा पनि महिला अधिकारको लागि काम गर्नेमा आफु विस्वस्त रहेको बताउनु भयो । 

 

प्रतिष्ठानकी अध्यक्ष मिलन खड्काको अध्यक्षतामा भएको साधारणसभामा ५ नम्वर प्रदेशकी सदस्य आशा स्वार्णकारको प्रमुख आतिथ्यता रहेको थियो । 

 

त्यस्तै जिल्ला समन्वय समितिका सदस्य टेकबहादुर ओली, कोष लेखा तथा नियन्त्रण कार्यलयका प्रमुख ईस्वरिप्रशाद ढकाल, जिल्ला सहकारी संघका अध्यक्ष नरबहादुर खड्का लगायतको आतिथ्यता रहेको थियो । 

 

प्रतिष्ठानकी उपाध्यक्ष कमला रोकाको स्वागत मन्तव्य रहेको साधारणसभाको संचालन महासचिव इन्द्रिरा बिएमले गर्नुभएको थियो ।