• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

बाँफिकोट कृषि शाखाले गहुँको वीउ बितरण थाल्यो

image not found

प्रचण्ड खत्री रुकुम पश्चिम,

कात्तिक १८ ।

रुुकम(पश्चिम) बाँफिकोट गाउँपालिका कृषि शाखाले गाउँपालिकाका कृषकहरुलाई गहँुको वीउ बिरतण थालेको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको कार्यक्रम अनुसार गहुँको वीउ बितरण थालिएको हो । 

 

शाखाले करिव ५० हजार मुल्य बराबरको १० क्विन्टल गहुँको वीउ बितरण गर्न लागेको छ । शनिबार पहिलो दिन गाउँपालिकाका ३० जना कृषकले ७५ प्रतिशत अनुदानमा गहुँको वीउ लिएको शाखा प्रमुख लोकेन्द्रबहादुर ओलीले बताउनुभयो ।

 

पुरानो गहुँको वीउबाट कम उत्पादन हुने भएकाले उन्नत जातको डब्लु के १२०४ जातको वीउ बितरण गरिरहेको शाखाले जनाएको छ । उत्पादन संगै कृषकलाई उन्नत जातको वीउ लगाउन प्रेरित गर्ने उदेश्यले वीउ वितरण गरिएको हो ।