• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

ब्लक मार्फत वीउ उत्पादन हुँदै

image not found

सानीभेरी समाचार डेस्क,

कात्तिक १८ ।

रुकुम पश्चिमका दुई समूहले पहिलो पटक ब्लक मार्फत बीउ उत्पादनको प्रक्रिया सुरु गरेका छन् । 

 

मुसीकोट नगरपालिका–४, सोलाबाङस्थित खाद्यान्न बीउ उत्पादन महिला कृषक समूह र चौरजहारी नगरपालिका–१०, को समशितोष्ण उन्नत तरकारी बीउ उत्पादन सहकारीले ब्लक मार्फत उन्नत बीउ उत्पादनको प्रक्रिया सुरु गरेका हुन् ।

 

समूहले गहुँको बीउ र सहकारीले रायोको उन्नत बीउ ब्लक मार्फत उत्पादन गर्न थालेको बताईएको छ । समूहले २५ रोपनी क्षेत्रफलमा ब्लक स्थापना गरी गहुँको उन्नत बीउ उत्पादन सुरुवात गरेको छ । 

 

२० जना महिला सम्मिलित समूहले बीउ उत्पादनका लागि आवश्यक जग्गाको व्यवस्थापन तथा चाहिने सीपका लागि अभिमुखीकरण समेत लिइसकेको छ । 

 

समूहकी सचिव चित्रा शर्माले डब्ल्यु के बाह्र सय चार जातको गहुँको उन्नत बीउ उत्पादन गर्न थालेको बताउनुभयो । साढे ३ मेट्रिक टन बीउ उत्पादनको लक्ष्य राखिएको समूहले जनाएको छ ।

 

त्यस्तै चौरजहारी १० को सहकारीले भने खुमल चौडा पात जातको रायोको उन्नत बीउ उत्पादन गर्न लागेको हो । १० रोपनी जग्गामा रायोको बीउ उत्पादन हुने जनाइएको छ । 

 

३ क्विन्टल उन्नत बीउ उत्पादनको लक्ष्यसहित ब्लक बनाएरै रायोको उन्नत बीउ उत्पादन गर्न लागिएको सहकारी संस्थाकी अध्यक्ष गोपा विएमले बताउनुभयो । 

 

उहाँका अनुसार लामो समयदेखि तरकारीको बीउ उत्पादन गर्दै आए पनि एकै क्षेत्रमा एउटै बीउ ब्लक मार्फत उत्पादन गर्न लागेको यो पहिलो पल्ट हो । दुबै समूहलाई केयुविकेले प्राविधिक सहयोग गरिरहेको छ ।

 

केयुविकेले गहुँका लागि एक सय ७० किलो र सहकारीलाई २ किलो रायोको मूल बीउ उपलब्ध गराइसकेको जनाएको छ । त्यसका लागि रासायनिक मल तथा विषादी, स्प्रे, ट्यांकीलगायत सामग्री प्रदान गरिनेछ । 

 

बीउ उत्पादन, प्रशोधन र बजारीकरणमा पनि सहयोग गर्ने केयुविके, कृषि उद्यम केन्द्र जिल्ला लगानीद्वार कार्यालयका सल्लाहकार राजु लामिछानेले बताउनुभयो ।