• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

वडाध्यक्ष केसीले गरे विपन्न, टुहुरा, दिर्घरोगी र अपांगलाई सहयोग

image not found

सानीभेरी समाचार डेस्क 

कार्तिक १६, रुकुम पश्चिम ।

 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर तीनका वडाध्यक्ष चन्द्रवहादुर केसीले आफुले सेवा सुविधा वाफत पाएको रकम विपन्न, टुहुरा, दिर्घरोगी, असहाय र अपांगहरुलाई सहयोग गर्नु भएको छ । उहाँले एक वर्षको सेवा सुविधा वाफत पाएको मध्ये एक लाख रकम गाउँपालिकाका विपन्न, टुहुरा, दिर्घरोगी, असहाय र अपांगहरुलाई सहयोग गर्नुभएको हो । 

 

आज वडामै बोलाएर वडाध्यक्ष केसीले गाउँपालिकाका भरका २५ जनालाई जनही चार हजारका दरले सहयोग गर्नुभयो । आठ दिर्घरोगी, चार टुहुरा, चार अपांग र नौं जना गरिब तथा विपन्नलाई सहयोग गर्नुभएको हो । 

 

गरिब, विपन्न, अपांग, टुहुरा तथा दिर्घ रोगीलाई केहि राहात मिलोस भन्ने उद्ेश्यका साथ आफुले पाएको सेवा सुविधा कटाएर सहयोग स्वरुप बाँढेको वडाध्यक्ष केसीले बताउनुभयो । 

 

जनताले आफ्ना लागि केहि गरोस भनेर आफुलाई अमुल्य भोट दिएर जिताएको र आफुले जनताको उक्त भरोसालाई गुम्न नदिने काम गरिरहेको उहाँको भनाई छ । जनताकै लागि केहि गर्ने कार्यक्रम अन्तरगत गरिब तथा विपन्न, अपांग, टुहुरा र दिर्घरोगिलाई सहयोग गरिएको वडाध्यक्ष केसीले स्पस्ट पार्नुभयो । 

 

‘म जनताकै कारण सेवा सुविधा पाउँने अवस्थामा पुगेको हुँ, उहाँले भन्नुभयो–त्यहि भएर मैले पाउँने सबै सेवा सुविधा जनतामै समर्पित गरेको छु ।’ चाडपर्वमा एक सरो कपडा फेर्न नसक्ने, एक छाक मिठो खान नसक्ने र उपचार गर्न नसकेकाहरुलाई केहि भएपनि राहात होस भनेर सानो भएपनि सहयोग गरेको उहाँले बताउनुभयो । 

 

गरिब, विपन्न, असहाय, अपांग, दिर्घरोगि, टुहुरा, जेष्ठ नागरिक, बालवालिका लगाएतलाई सहयोग गर्छु भनेर हिजो गरिएको प्रतिबद्धता पुरा गर्नुका साथै सेवाको भाव देखाउँनुपर्छ भनेर अन्य जनप्रतिनिधिलाई सन्देश दिनु आफ्नो मुख्य उद्ेश्य रहेको केसीले बताउनुभयो ।    

 

केसीले यस अघि पनि आफुले राज्यबाट प्राप्त गरेको सेवा सुविधा कटाएर विभिन्न व्यक्तिहरुलाई सहयोग गर्नुभएको थियो । एक वर्षमा दुई दुई लाख २८ हजार सेवा सुविधा पाएकामा आधा रकम वडा तथा गाउँपालिकामा रहेका गरिब, विपन्न, टुहुरा, अपांग, दिर्घ रोगी, जेष्ठ नागरिक, बालवालिका लगाएतलाई सहयोग गरेको उहाँको भनाई छ । आगामि दिनमा पनि यस प्रकारको सहयोगलाई जारी राख्ने उहाँको भनाई छ ।  

 

वडाध्यक्षले आफुले पाएको सेवा सुविधाबाट आफुहरुलाई सहयोग गरेपछि सहयोग पाउँनेहरुले खुशि व्यक्त गरेका छन् । वडाध्यक्ष केसीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वडा सचिव विनोद रेग्मीले गर्नुभएको थियो । बाँफिकोट गाउँपालिका वडा नं. दुईका लालवहादुर केसीले वडाध्यक्षको यो कार्य निकै सह्रायिन भएको बताउनुभयो । जनप्रतिनिधिहरु जनताकै लागि भनेर जनताबाटै चुनिएकाले यस कार्यको अन्य जनप्रतिनिधिहरुले पनि सिको गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

 

त्यस्तै बाँफिकोट गाउँपालिका चारकी गरिब तथा विपन्न पबिता दमाईले गरिबिका कारण साँझ बिहान हात मुख जोड्न तथा अन्य आवश्यकताहरु पुरा गर्न समस्या भैरहेको अवस्थामा वडाध्यक्षले आफुले पाएको सुविधा कटाई सहयोग गरेर आफ्नो घाउँमा मल्हम लगाउँने काम गरेको भन्दै धन्यवाद दिनुभयो । गरिबका लागि सरकार रहेको महशुस भएको उहाँले बताउनुभयो ।