• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

सरकारले आजदेखि राष्ट्रिय परिचय पत्र छपाईको काम सुरु गर्दै

image not found

कात्तिक १५ ।

सरकारले बिहीबारदेखि राष्ट्रिय परिचय पत्र छपाईको काम सुरु गर्दैछ । राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रका निर्देशक एवं सूचना अधिकारी शिवराज जोशीका अनुसार पहिलो चरणमा झण्डै ५० हजार परिचय पत्र छापिनेछ । 

 

केन्द्रले पहिलो चरणमा परिचयपत्र छाप्न सिंहदरबारका ७ हजार कर्मचारी र पाँचथरका १ लाख १० हजार नागरिकको व्यक्तिगत विवरण संकलन गरेको छ । व्यक्तिगत र वायोमेट्रिक विवरण संकलन भएका व्यक्तिको परिचयपत्र छाप्ने केन्द्रको तयारी छ । 

 

राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रका निर्देशक एवं सूचना अधिकारी जोशीका अनुसार परिचयपत्रमा आमाबुबाको नामसहित व्यक्तिको व्यक्तिगत विवरण हुनेछ । 

यस्तै एउटा अर्को चिप्समा उसको फोटो र हातका १० औलाको छाप हुने भएकाले कसैले पनि परिचय पत्र नक्कली बनाउन नसक्ने उहाँको दाबी छ । परिचयपत्र देशभरी नै विस्तार गरेपछि अरु सेवामा पनि आवद्ध गर्न सकिने जोशीले बताउनुभयो ।