• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

ब्यापारीहरु सचेत बन्दै

image not found

सानीभेरी समाचार डेस्क, 

कात्तिक १५ ।

नगरपालिकाले बजार अनुगमणलाई निरन्तरता दिएपछि रुकुम पश्चिमको आठबीसकोटका ब्यापारीहरु सचेत भएका छन् । सम्बन्धीत निकायले बजार अनुगमण नगर्दा म्याद गुज्रिएका सामाग्रीहरु समेत बिक्रि गरिरहेका ब्यापारीहरु नगरपालिकाले अनगुमणलाई निरन्तरता दिएपछि सचेत भएका हुन् । 

 

हाल बजारमा म्याद गुज्रिएका सामाग्री निकै कम मात्र फेला परेको नगरपालिकाले जनाएको छ । गत भाद्र महिनामा गरिएको अनुगमणका क्रममा करिब ३ लाख बढी मुल्यका म्याद गुज्रिएका सामाग्रीहरु भेटिएको र पछिल्लो समय पहिलेको तुलनामा कम मात्रामा म्याद गुर्जिएका सामाग्री  भेटिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामवहादुर केसीले जानकारी दिनुभयो । 

 

‘हामिले भाद्र महिनामा गरेको अनुगमणका क्रममा ३ लाख मुल्य पर्ने म्याद गुज्रिएका विभिन्न सामानहरु बरामद गरी नष्ट गरेका थियौं, उहाँले भन्नुभयो–तर पछिल्लो समय गरिएको अनुगमणका क्रममा करिब ३८ हजार मुल्य पर्ने सामाग्री बरामद गरी नष्ट गरेका छौं ।’ यसबाट अव बजारमा म्याद गुज्रिएका सामाग्री घट्दै गैरहेको बुझ्न सकिने उहाँको भनाई छ । 

 

त्यस्तै पसल दर्ता, नविकरण गर्ने तथा मुल्य सुचि र होडिङ बोर्ड राख्ने व्यापारीहरुको संख्या पनि बढ्दै गैरहेको नगरपालिकाको भनाई छ । नगरका मुख्य बजारहरुमा पनि बिना दर्ता तथा बिना नबिकरण पसलहरु संचालनमा रहेको अवस्थामा अनुगमणलाई तिव्रता दिईएपछि उक्त समस्या हल हुँदै गैरहेको भेटिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत केसीले बताउनुभयो । उहाँका अनुसार मुल्य सुचि र होर्डिङ बोर्ड राख्ने ब्यापारीहरुको संख्यामा पनि उल्लेख्य सुधार आएको छ ।    

 

नगरपालिकाले अनुमति नलिई बिक्रिका लागि राखिएको मदिरा समेत बरामद गरेको छ । मदिरा बिक्रिका लागि अनुमति लिनुपर्नेमा अनुमति नै नलिई जथाभावि बिक्रि भैरहेको मदिरा बरामद गरी नगरपालिकाले लिलामि गरेको हो । हालसम्म ५५ हजार बराबरको मदिरा बरामद गरी लिलामि गरिएको नगरपालिकाले जानकारी दिएको छ । 

 

अनुगमण नै नहुँने तथा भएका अनुगमण पनि कर्मकाण्डि भैरहेको अवस्थामा नगरपालिकाले कडाईका साथ अनुगमणलाई निरन्तरता दिएको नगरपालिकाको भनाई छ । अव नियमित रुपमा बजार अनुगमण हुने र कैफियत भेटिएमा नियमसंगत कारवाहि गर्ने नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत केसीले बताउनुभयो ।