• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

विप्पे लेखमा विद्युतिय पम्पिङ खानेपानीको सफल परीक्षण

image not found

नारायण ओली रुकुम पश्चिम,

कात्तिक १५ ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं ८ स्थित माथिल्लो आम्डाँडा विप्पे लेखमा विद्युतिय पम्पिङबाट खानेपानीको सफल परीक्षण गरिएको छ । सानिभेरी गाउँपालिकाको गौरवको आयोजना मानिएको उक्त खानेपानी आयोजना गाउँपालिकाको ३५ लाख, आशा प्रोजेक्टको १६ लाख र रुकुमेली समाज विकास केन्द्रको ४ लाख ५० हजार गरी कुल  ५५ लाख ५० हजारको लगानिमा निर्माण गरिएको हो ।

 

१६ सय मिटर पाइपलाईन रहेको आयोजनामा भर्टिकल उचाई ४ सय १० मिटर रहेको छ भने ३ वटा १८ हजार लिटर क्षमताका ट्यांकी निर्माण गरिएको छ । त्यस्तै ७ हर्सपावरको १ वटा र ५ हर्सपावरको १ वटा मोटर जडान गरिएकोमा प्रति घण्टा ६ हजार लिटर पानी ट्यांकिमा जम्मा गर्ने आयोजनाका प्राविधिक लोकेन्द्र खड्काले जानकारी दिनुभयो ।

 

माथिल्लो आम्डाँडा, जुगेपानी विप्पेलेख विद्युतिय पम्पिङ खानेपानी आयोजाना नाम रहेको आयोजनाले काम सुरु गरेको एक वर्षमा सफल परिक्षण गरेको हो । गाउँको माथिल्लो भागमा खानेपानीको ठुलो ट्यांकी र घरघरमा धारा आउने भएपछी वर्षौंदेखि खानेपानीको अभाब झेल्दै आएका माथिल्लो आम्डाँडा बासी हर्षित भएका छन् । 

 

आफुले चुनाबमा गरेको प्रतिबद्धता समयमै पुरा गरी जनतालाई खानेपानी पु¥याउन सफल भएको वडा नं ८ का वडा अध्यक्ष शसिराम बुढाथोकीले बताउनुभयो । यस आयोजना समयमै सफल भएकाले थप उत्साह पैदा भएको पनि उहाँको भनाइ छ ।

 

सानीभेरी गाउँपालिकाले लिएको एक घर एक धाराको अवधारणा अनुसार माथिल्लो आम्डाँडामा पनि एक घर एक धारा निर्माण गरिने उपभोक्ता समिति अध्यक्ष शसिराम ओलीले बताउनुभयो ।