• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

रुकुम पूर्वमा मेलमिलाप सम्बन्धि तालिम सम्पन्न

सानीभेरी समाचार डेस्क, 

कात्तिक १४ ।

रुकुम पूर्वको सिस्ने गाउँपालिकामा मेलमिलाप सम्बन्धि ४८ घण्टे आधारभुत तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र ग्रामीण विकास तथा सामाजिक सुधार केन्द्रको आयोजनामा तालिम संचालन गरिएको थियो ।

 

वडा स्तरमा हुने विभिन्न बिबादहरुलाई मेलमिलापको माध्यमबाट समस्या समाधान गर्ने उदेश्यले तालिमको आयेजना गरिएको सिस्ने गाउँपालिकाले जनाएको छ । मेलमिलाप सम्बन्धि ४८ घण्टे तालिममा मेलमिलापको महत्व, मेलमिलापले सामाजिक द्धन्द व्यवस्थापनमा पु¥याउँने सहयोग, मेलमिलापकर्ता हरुको भुमिका लगाएतका विषयमा सिकाईएको छ । 

 

६ गतेवाट सरुभएको तालिममा गाउँपालिकाका सवै वडाका वडा अध्यक्षहरु  सहित ३÷३ जना र न्यायिक समितिका सदस्यहरुको सहभागीता रहेको थियो । तालिमको सहजिकरण सामुदायीक मेलमिलाप परिषदका नैनभक्त श्रेष्ठले गर्नुभएको थियो ।

 

सिस्ने गाउँपालिकाका न्यायिक समिति संयोजक गोर्बधन बुढाको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष कुमारि बरालको प्रमुख आतिथ्यता रहेको थियो ।

 

समापन कार्यक्रमको संचालन ग्रामिन विकास तथा सामाजिक सुधार केन्द्रका सचीव टेक बहादुर खड्काले गर्नुभएको थियो ।