• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

चौरजहारी नगरपालिका द्धारा बजार अनुगमन

image not found

सानीभेरी समाचार डेस्क,

कात्तिक १४ ।

हिन्दु नेपालीहरुको महान चाड तिहार नजिकिदै गर्दा रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले वजार अनुगमन कार्य सुरु गरेको छ । उपभोक्ताहरुवाट वजारमा म्याद गुज्रियका समान विक्रिवितरण भैरहेको गुणासो वढे संगै उप प्रमुख राधा रोकाको संयोजकमा वजार अनुगमन कार्य सुरु भएको हो । 

 

अनुगमणको पहिलो दिन आज पुरानो वजार, न्युरोड  र वसपार्क आसपासका फलफुल ,खाद्यकिराना गल्ला हार्डवयर कस्टमेटिक र, मधिरा पसलहरुको अनुगमण गरीएको छ । अनुगमणको क्रममा वजारमा चाउचाउ, तेल ,आईसक्रिम ,दालमोट,म्यादगएका समान फेलापरेको संयोजक राधा रोकाले वताउनुभयो ।  

 

अनुगमन टोलीले वजारमा संचालन भैरहेका केहि पसलहरु दर्ता विना संचालन गरेको भेटिएकोले एक हप्ता भित्र दर्ता गरेर संचालन गर्न निर्देशन दिएको छ । करिव १ लाख वरावरको म्यादगएको सामान प्रहरीले मुचुल्का वनाएर नष्ट गर्ने वताईएको छ ।  

 

नगरपालिका उपप्रमुख राधा रोकाको संयोजकमा गरिएको वजार अनुगमनमा नगरपालिका निमित्त प्रमुख प्रशाशकिय अधिकृत तारा वहादुर कुंवर, उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम गहतराज नगर स्वास्थ्य सयोजक अकविर घर्ति, नगर पशुसेवा, नगर कृषि कार्यालय नेपाल प्रहरी पत्रकार लगाएतको सहभागीता रहेको थियो ।