• अहिले तरंगमाजस्ट रिक्वेयस्ट (थाहा)
  • केहि छिनमासानीभेरी हाईलाईट्स

ताजा अपडेट :

समाचार

रुकुम फाईनलमा प्रवेश, इतिहास दोहो¥याउने मौका

image not found

सानीभेरी समाचार डेस्क

३० मंशीर मुसीकोट

\रुकुमलाई पुरुष भलिबलमा लगातार दोस्रो पटक मध्यपश्चिम च्याम्पिएन बन्ने अवसर प्राप्त भएको छ । रुकुमै भैरहेको क्षेत्रिय पुरुष भलिबलमा शानदार प्रदर्शन गर्दै प्रतियोगीताको फाईनल प्रवेश गरेपछि रुकुमसामु इतिहास दोहो¥याउने सुनौलो अवसर प्राप्त भएको हो । 

 

यसअघि रुकुम २०६८ सालमा कालिकोटमा भएको क्षेत्रिय पुरुष भलिबलमा बिजेता बनेको थियो । सदरमुकाम मुसिकोट खलंगा स्थित बह्राटाकुरा टुँडिखेलमा आज भएको पहिलो सेमिफाईनलमा जुम्लालाई ३–० ले पराजित गर्दै रुकुम अपराजित रहदै प्रतियोगीताको फाईनल प्रवेश गरेको हो । 

 

प्रतियोगीताको फाईनल प्रवेश गर्ने रुकुम पहिलो टीम बनेको छ । भोली हुने दोस्रो सेमिफाईनलमा कालिकोट र दैलेखले प्रस्पिर्धा गर्ने छन् । ति २ टीमविचको विजेताले फाईनलमा रुकुमसंगको भेट पक्का गर्ने छ भने पराजित हुने टीमले तेस्रो स्थानका लागि जुम्ला संग खेल्ने छ । 

 

रुकुम हुम्लालाई हराउँदै सेमिफाईनल प्रवेश गरेको थियो भने कालिकोट सल्यान र दैलेख रोल्पालाई पराजित गर्दै सेमिफाईनल प्रवेश गरेका हुन् । दैलेख र रोल्पाविचको खेलमा विवाद हुँदा रोल्पाले प्रतियोगीता वहिष्कार गरेको घोषणा गरेको थियो । 

 

अम्पाएरले बारम्बार आफ्नो पक्षमा गलत निर्णय लिएको भन्दै रोल्पाले प्रतियोगीताबाट बाहिरिएको घोषणा गरेपछि आयोजकले दैलेखलाई बिजेता घोषणा गरेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख छवि केसीले जानकारी दिनुभयो । 

 

प्रतियोगीताको दोस्रो सेमिफाईनल र तेस्रो स्थानका लागि बिहिबार विहान प्रतिस्पर्धा हुने छ भने फाइनल खेल भोली दिउँसो हुने छ । यहि मंसिर २६ गतेबाट सुरु भएको प्रतियोगीता भोली नै सम्पन्न हुने छ ।