• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

रुकुम कपको उपाधि झुल्खेत सिटीलाई

image not found

सानीभेरी समाचार डेस्क

कार्तिक १३, रुकुम पश्चिम ।

 

रुकुम कप फुटबलको चौथो संस्करणको उपाधी झुल्खेत सिटीले जितेको छ । रुकुम पूर्वको सहिद स्मृति रुक्मिणि रंगशाला रुकुमकोटमा मंगलबार भएको फाईनलमा मुसीकोट १३ छिवाङलाई २–० गोलले पराजित गर्दै झुल्खेत सिटीले उपाधी हात पारेको हो । झुल्खेत सिटीले पहिलो पटक रुकुम कपको उपाधी हात पारेको हो । 

 

उसले नगद ८० हजार कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता छिवाङले भने ४० हजार नगद, कप, मेडल र प्रमाण चित्त बुझाएको छ । खेलाडि तर्फ पनि झुल्खेत सिटीले बाजि मारेको छ । उसका तीन जना खेलाडिले व्यक्तिगत पुरस्कार जित्न सफल भएका छन् । 

 

खुमवहादुर ओली प्लेयर अफ दी टुर्नामेन्ट घोषित हुँदा सन्तोष बुढाथोकी बेष्ट गोल किपर र हेमराज राउत बेष्ट डिफेण्डर घोषित भए । त्यस्तै छिवाङका अनुराग जिसी बेष्ट स्ट्राईकर र रुकुमकोट युनाईटेड ए का श्रीकुमार बुढाथोकी बेष्ट मिडफिल्डर घोषित भएको आयोजक समृद्ध समाज नेपाल रुकुम पूर्वले जनाएको छ ।  

 

प्रतियोगीताको अनुशासित टीम भने हिमशिखा बोर्डिङ स्कुल बन्यो । झुल्खेत शिद्ध गुफा युवा क्लव मुसीकोट १ सल्लेलाई र छिवाङ रुकुमकोट युनाईटेड बि टीमलाई पराजित गर्दै फाईनल प्रवेश गरेको थियो । 

 

सेमिफाईनल सम्म पुग्न सफल शिद्ध गुफा र रुकुमकोट युनाईटेड बि ले १५÷१५ हजार नगद प्राप्त गरेको आयोजक समृद्ध समाज नेपाल रुकुम पूर्वले जनाएको छ । 

 

अनुशासित टीमले १० हजार सहित मायाको चिनो र प्रमाणपत्र प्राप्त गर्दा उत्कृष्ट खेलाडीले मायाको चिनो प्रमाणपत्र सहित नगद ७ हजार पाएका छन् । त्यसैगरी उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र फरवार्डले मायाको चिनो प्रमाणपत्र सहित ५÷५ हजार नगद प्राप्त गरेको बताईएको छ । 

 

रुकुम पश्चिम र पूर्वकै सर्वाधिक पुरस्कार राशिको रुकुम कपको चौथो संस्करणमा रुकुम पश्चिम र पूर्वका ११ टीमले प्रतिस्पर्धा गरेका थिए ।।