• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

आठविसकोट नगरपालिकाद्धारा बजार अनुगमन

image not found

सानीभेरी समाचार डेस्क,

कात्तिक १३ ।

रुकुम पश्चिम आठविसकोट नगरपालिकाले सोमबार बजार अनुगमन गरेको छ । वजारमा हुने काले बजारी रोक्ने, म्याद सकिएका समान नष्ट गर्ने र व्यवसायी र उपभोक्तलाई सचेत गराउने उदेश्यले बजार अनुगमण गरिएको हो । 

 

नगरपालिकाले यस अघि पनि बजार अनुगमन गरेको थियो । अनुगमणका क्रममा १५ हजार बराबरको घरेलु मदिरा र ३८ हजार बराबरको म्याद गुज्रेका खाद्यान्नका सामाग्री बरामद गरिएको छ । सिम बजार र राडी बजारका गरि जम्मा १५६ वटा पसलहरुमा अनुगमन गरिएको थियो । 

 

बजार अनुगमण गर्न थाले देखी व्यवसायीहरु सचेत भएको र म्याद गुज्रेका सामानहरु कम मात्रामा पाइएको तर व्यवसायीहरुले कर नतिरेको, मुल्य सुचि नराखेको, होडिङ्ग बोर्डहरु नराखेको पाईएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामवहादुर केसीको भनाई छ । 

 

अर्को पटक अनुगमन गर्दा दर्ता नभएका पसलहरु सञ्चालन गरेको पाइएमा नगरपालीकाले जरिवाना गर्ने र ब्यवसाय समेत बन्द गरिदिने नगरपालिकाले चेतावनि दिएको छ ।