• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

दुई नगरपालिकाको सम्पुर्ण विवरण अव मोबाईलमै

image not found

सानीभेरी समाचार डेस्क,

कात्तिक १३ ।

रुकुम पश्चिमका दुई नगरपालिकाले नगरपालिकाको सम्पुर्ण गतिविधिका बारेमा मोबाईलबाटै जानकारी लिन सकिने सुविधाको विकास गरेका छन् । 

 

जिल्लाका आठबीसकोट नगरपालिका र मुसीकोट नगरपालिकाले मोबाईल एपबाटै नगरपालिकाले गरेका र गर्न लागेका सम्पुर्ण गविबिधिका साथै सेवा प्रवाहका बारेमा जानकारी दिन सुरु गरेका हुन् । 

 

दुवै स्थानीय तहले मोबाईल एप संचालनमा ल्याएका छन् । आठबीसकोट नगरपालिकाले आफ्नै लगानिमा एप संचालनमा ल्याएको हो भने मुसीकोट नगरपालिकाले नेपाल सरकार, सुचना तथा सञ्चार बिभाग र एलजिसिडिपीको साझेदारीमा मोबाईल एप निर्माण गरेको हो । 

 

प्रविधिको प्रयोग गर्दै सेवा प्रवाहलाई थप सहज बनाउँने उद्ेश्यले मोबाईल एप संचालनमा ल्याईएको दुवै नगरपालिकाले जनाएका छन् । 

‘प्रविधिले फड्को मारिसकेको छ, अव पनि पुरानै शैलिबाट सेवा दिएर सम्भव छैन्, आठबीसकोट नगरपालिकाका प्रमुख गोर्खवहादुर केसीले भन्नुभयो–प्रविधिको प्रयोग गरेर सेवा प्रवाहलाई थप सहज बनाउँने उद्ेश्यले मोबाईल एप संचालनमा ल्याएका हौं ।’ 

 

आफ्नै लगानिमा एप संचालनमा ल्याएको र मन्त्रालयले पनि मोबाईल एप निर्माण गरिदिने भनेको उहाँले बताउनुभयो । नगरपालिकाले डिजिटल बोर्ड पनि संचालनमा ल्याएको उहाँको भनाई छ । 

 

मोबाईल एप संचालनमा ल्याएपछि नगरवासीलाई सहज हुनेमा मुसीकोट नगरपालिकाका प्रमुख देविलला गौतम विश्वस्त हुनुहुन्छ । 

 

‘हामिले कसरी सहजै संग नगरवासीलाई सेवा दिन सकिन्छ भनेर सोचिरहेका छौं, उहाँले भन्नुभयो–नगरपालिकाका सम्पुर्ण गतिविधिका बारेमा मोबाईलमै जानकारी पाईने भएपछि नगरवासीले नगरपालिका बारेमा धेरै जानकारी घरमै बसेर पाउँन सक्ने छन् ।’ 

 

मोबाईल एपबाटै नगरका बारेमा गुनासो गर्न तथा सुझाव समेत दिन सकिने व्यवस्था रहेको छ । 

 

मोबाईल एप मार्फत नगरपालिका देखि वडा कार्यालयको सम्पुर्ण विवरण, स्थानीय तहको परिचय, कर्मचारी तथा जनप्रतिनिधिको विवरण, जरुरी फोन नम्बरहरु, सुझाव तथा गुनासा, सेवा प्रवाह, समस्या, लागु भएका कार्यक्रम तथा परियोजना र स्थानीय तहमा रहेका महत्वपुर्ण स्थानका बारेमा समेत जानकारी लिन सकिने सम्बन्धीत नगरपालिकाले जनाएका छन् ।