• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

असहाय बालवालिकालाई जनप्रतिनिधिको सहयोग

सानीभेरी समाचार डेस्क,

कात्तिक १३ ।

रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका वडा नं. ७ का जनप्रतिनिधिले आफुले पाउने सेवा सुविधा कटाएर असहाय बालवालिकाहरुलाई सहयोग गर्ने निर्णय गरेका छन् । जनप्रतिनिधिहरुले आमा बुवा नभएका बालवालिकाहरुको शिक्षामा सहयोग गर्ने निर्णय गरेका हुन् । 

 

वडाध्यक्ष सहित ५ जना जनप्रतिनिधिले प्रत्येक महिना एक जनाले ३ तिन हजारका दरले बालवालिकालाई सहयोग गर्ने निर्णय गरेको वडा सदस्य भीमवहादुर डाँगीले जानकारी दिनुभयो । अव वार्षिक रुपमा एक जनप्रतिनिधिले ३६ हजार रकम बिद्यालयमा जम्मा गरिदिने छन् । 

  

यसरी ५ जना जनप्रतिनिधिबाट असहाय बालवालिका लागि वर्षमा एक लाख ८० हजार जम्मा हुने छ । उक्त रकम वडामा रहेका ६ वटा सामुदायिक विद्यालयमा अध्यनरत असहाय बिद्यार्थीका लागि खर्च गरिने छ । 

 

जनप्रतिनिधिले यस्तो निर्णय गरेपछि आर्थिक अभावका कारण बिद्यालय छोड्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ । धेरै असहायक बालवालिकाहरु आर्थिक अभावका कारण बिद्यालय जानबाट बञ्चित हुने बाध्यताको अन्त्य गर्न यस्तो निर्णय गरिएको वडाध्यक्ष बीरवहादुर खड्काले बताउनुभयो ।