• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

रुकुम कप फुटबलकाे फाइनल अाज, उपाधिका लागि झुल्खेत सिटी र छिवाङ भिड्दै

image not found

सानीभेरी समाचार डेस्क 

कार्तिक १३, रुकुम पूर्व ।

 

झुल्खेत सिटी र मुसीकोट १३ छिवाङ रुकुम कप फुटबलको फाईनलमा प्रवेश गरेका छन् । सोमबार भएको पहिलो सेमिफाईनलमा सिद्ध गुफा युवा क्लव मुसीकोट १ सल्लेलाई पराजित गर्दै झुल्खेत सिटी फाईनल प्रवेश गरेको हो । उसले पेनाल्टी सुटआउटमा शिद्ध गुफालाई ८–७ गोलले पराजित ग¥यो । निर्धारित ७० मिनेटमा दुवै टीमले एक एक गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । 

 

अतिरिक्त समयमा पनि दुवै टीमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको हो । जसमा शिद्ध गुफाका एक खेलाडी गोल गर्नबाट चुकेपछि झुल्खेत सिटी पहिलो पटक रुकुम कप फुटबलको फाईनलमा पुग्न सफल भएको हो । सोमबारै भएको दोस्रो सेमिफाईनलमा मुसीकोट १३ ले रुकुमकोट युनाईटेड बि लाई पराजित गर्दै फाईनलको यात्रा तय गर्न सफल भएको छ । उसले पनि पेनाल्टी सुटआउटबाटै जित निकालेको हो । 

 

निर्धारित ७० मिनेट र त्यसपछि थप गरिएको अतिरिक्त समयमा दुवै टीमले २–२ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । जसमा मुसीकोट १३ ले ४–२ को जित निकाल्दै फाईनलमा पुग्ने दोस्रो टीमको रुपमा आफुलाई सावित गर्न सफल भयो । मुसीकोट १३ पनि पहिलो पटक रुकुम कपको फाईनलमा पुग्न सफल भएको हो । 

 

छिवाङका खेलाडिहरुले यस अघिपनि फाईनल खेल्दै उपाधी समेत जिति सकेपनि टीम भने पहिलो पटक फाईनल पुगेको हो । यसअघि छिवाङ र माछिमिका खेलाडि मिलेर माछिमि युनाईटेडका तर्फबाट फाईनल जितेकामा यो वर्ष छिवाङ एक्लैले प्रतियोगीतामा सहभागीता जनाएको हो । फाईनल आज दिउँशो १ बजे संचालन हुने प्रतियोगीता संयोजक तिलक रेउलेले जानकारी दिनुभयो ।  

 

यो प्रतियोगीता रुकुम पश्चिम र पूर्वकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगीता हो । २०७२ सालबाट सुरु भएको प्रतियोगीताको यो चौथो संस्करण हो । प्रतियोगीताको बिजेताले नगद ८० हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप बिजेताले ४० हजार नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगिताको सेमीफाइनलबाट बाहिरिने दुई टिमले नगद १५÷१५ हजार प्राप्त गर्नेछन् । 

 

यसका साथै अनुशासित क्लबले १० हजार सहित मायाको चिनो र प्रमाणपत्र प्राप्त गर्दा उत्कृष्ट खेलाडीले मायाको चिनो प्रमाणपत्र सहित नगद ७ हजार पाउने आयोजकले जनाएको छ । त्यसैगरी उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र फरवार्डले मायाको चिनो प्रमाणपत्र सहित ५÷५ हजार नगद प्राप्त गर्ने छन् भने यस बर्षबाट उत्कृष्ट प्रशिक्षक पुरस्कार समेत दिइने बताईएको छ ।

 

उत्कृष्ट प्रशिक्षकले मायाको चिनो प्रमाणपत्र सहित नगद ५ हजार प्राप्त गर्नेछन् ।