• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

सरकारले जन चाहना अनुसार काम गर्नु पर्छः सांसद कँडेल

image not found

सानीभेरी समाचार डेस्क 

कार्तिक १२, रुकुम पश्चिम ।

 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कँडेलले सरकारले जन चाहना अनुसार काम गर्नुपर्ने बताउनुभएको छ । 

 

दुई तिहाईको सरकार भएकाले वर्तमान सरकारबाट देशवासीले ठुलो अपेक्षा गरेकाले सरकारले उक्त अपेक्षा पुरा गर्नुपर्ने बताउनुभयो । प्रेस युनियन रुकुम पश्चिमले आज बिहान सदरमुकाम मुसीकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कँडेलले वर्तमान सरकार जनताको चाहना अनुसार अगाडि बढ्न नसकेको आरोप लगाउँनुभयो । 

 

केपि शर्मा ओलीको नेतृत्वमा दुई तिहाईको सरकार बनेपछि देशवासीले समृद्धिको सपना देखेको तर सरकार उक्त सपना साकार पार्न तर्फ अग्रसर नभएको बताउनुभयो । ‘दुई तिहाईको सरकार बनेपछि अव केहि हुन्छ कि भन्ने हामिलाई पनि लागेको थियो, पुर्व गृह राज्यमन्त्री समेत रहेका कँडेलले भन्नुभयो–सरकारको हालसम्मको काम हेर्दा अव केहि हुन्छ भन्ने आश मरेको छ ।’ 

 

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र विचको एकताका कारण पनि सरकार संचालनमा केहि समस्या भएको हुनसक्ने तर्फ लक्षित गर्दै उहाँले पार्टी एकिकरणको प्रभाव सरकार संचालनमा देखिन नहुनेमा जोड दिनुभयो । 

 

फरक प्रसंगमा उहाँले हत्या, बलात्कार जस्ता जघन्य अपराध रोक्नका लागि सरकार असक्षम रहेको समेत आरोप लगाउँनुभयो । कञ्चनपुरकी निर्मला पन्तका हत्यारा अहिलेसम्म पत्ता नलाग्नुले पनि सरकार शान्ति सुरक्षा कायम गर्न र पिडितलाई न्याय दिनका लागि असक्षम रहेको पुष्टि भएको उहाँको भनाई छ । 

 

एक दुई जना प्रहरी अधिकारीलाई वर्खास्त गर्दैमा सरकारको दायित्व पुरा नुहुँने उहाँले स्पस्ट पार्नुभयो । कांग्रेसले प्रतिपक्षमा रहेर सरकारको आलोचना गर्ने मात्र नभई सरकार संचालनका निम्ति सघाईरहेको समेत कँडेलले जानकारी गराउँनुभयो ।