• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

रुकुम पश्चिम र पूर्वमा समुदाय–प्रहरी कार्यक्रमको सुरुवात

image not found

सानीभेरी समाचार डेस्क

कात्तिक ११ ।

रुकुम(पश्चिम)मा समुदाय–प्रहरी साझेदारी कार्यक्रमको सुरुवात भएको छ । देशव्यापि कार्यक्रम अन्तरगत आज जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच जिल्ला समन्वय समितिका उप–प्रमुख ईन्दिरा बिएमले कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

 

समुदायसंग मिलेर अपराध रोकथाम, विकृती र विसंगति विरुद्ध जनचेतना फैलाउने तथा सुरक्षा व्यवस्थापनमा जन सहयोग अभिवृद्धि गर्ने उद्श्यले जिल्लामा पनि यो कार्यक्रम लागु भएको जिल्ला प्रहरी कार्यालय रुकुम(पश्चिम)का प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिनुभयो । 

 

उद्घाटन कार्यक्रममा बोल्ने सहभागीले प्रहरीको यस्तो कार्यक्रमलाई प्रभावकारी ढङगले कार्यान्वयन गर्न समुदायको ठुलो भुमिका रहने बताएका छन् । त्यस्तै उनिहरुले यस कार्यक्रमले समुदायमा हुने विभिन्न अपराधिक गतिबिधिलाई नागरिक र प्रहरी मिलेर अन्त्य गर्न सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । 

 

यस कार्यक्रमले जिल्ला देखि स्थानीय तहका टोल स्तर सम्मैका समुदाय र प्रहरीविच साझेदारी कायम गर्ने बताइएको छ । जसअन्तर्गत पाँच स्तरका समिति गठन हुने डिएसपि खड्काले बताउनुभयो । 

 

उहाँ अनुसार जिल्ला स्तरीय समिति, गाउँ तथा नगरपालिका स्तरीय समिति, वडा स्तरीय समिति र बिद्यालय स्तरीय समिति गठन हुने छन् । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका उप–प्रमुख ईन्दिरा बिएमको प्रमुख आतिथ्यता रहेको थियो । 

 

त्यस्तै कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख देविलाल गौतम, उप–प्रमुख प्रेमकुमारी सुनार लगायत जनप्रतिनिधि, जिल्लाका बिभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

 

यसैविच रुकुम पुर्वमा पनि समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वमा एक कार्यक्रमका बिच जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्रबहादुर ओलीले बेलपत्रको विरुवामा पानी राखेर कार्यक्रमको सुभारम्भ गर्नु भएको हो ।

अपराधिक कृयाकलापलाई न्यूनिकरण गर्ने, जिल्लामा सुशासन कायम गर्ने तथा सुरक्षा अभिवृद्धिमा जनसहभागिता बढाउने उदेश्यले समुदाय प्रहरी साझेदारी कार्यक्रमको थालनी गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्बका प्रमुख, प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो । 

 

कार्यक्रममा सहभागिहरुले सुशासन कायम गर्न तथा सुरक्षा अभिवृद्धिमा जनसहभागिता बढाउनको लागि समुदायको भुमिका अपरिहार्य रहेको भन्दै कुनै पनि अपराधीलाई कार्वाहिको दायरामा ल्याउन तथा पिडकलाइ दण्ड र पिडितलाई न्याय दिनको लागि समुदायका सबै ब्यक्तिहरुको सहयोग आवश्यक रहेकामा जोड दिएका थिए । 

 

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक लोकनाथ तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्रबहादुर ओली प्रमुख आतिथ्यता रहेको थियो । 

 

त्यस्तै कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, सिस्ने गाउँपालिका उपाध्यक्ष गोबद्र्धन बुढा लगायत जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।