• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

चौरजहारी सडक खण्डको ५ किमी स्तरवृद्धिको काम अलपत्र

image not found

दुर्गा बिसी सल्यान,

कात्तिक ११ ।

सल्यानको सल्लीवजार देखि रुकुम चौहरजारी जोड्ने सडक खण्ड अन्तरगत पर्ने ५ किलोमिटर सडक स्तरवृद्धिको काम वजेट अभावमा रोकिएको छ । सडक डिभिजन कार्यालय दाङ्गले हेर्दै आएको उक्त सडक कर्णाली प्रदेश तथा सुर्खेत डिभिजनलाई हस्ताणतरण गरिएसंगै बजेट अभावमा अलपत्र परेको हो । 

 

काम भएको पैसा समेत भुक्तानी नपाउँदा ठेकेदारले काम गर्न कठिनाई भएको बताएका छन् । सडक हस्ताणतरण गरिए पनि टेण्डर भएको रकम नपठाउँदा काममा बाधा आएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । निर्माण कम्पनीले उक्त सडकको १ करोड वढि रकम भुक्तानी नपाउँदा ठेकेदारले काम रोकेको बताईएको छ ।   

 

सल्लीवजार देखि बन्गाड कुपिण्डेकै वडा ५ को त्रिवेणी वजार नजिकै सम्मको लागि भनेर सिग्मा गाल्वा कन्ट्रशनले ११ करोडमा कामको जिम्मा लिएको थियो । सडक डिभिजन कार्यालय दाङ र कन्ट्रशनका नरहरी थपलिया विच ३३ महिनामा काम सम्पन्न गर्ने भनेर ०७४ श्रावाणमा सम्झौता भएको थियो । 

 

तर गाल्वा कन्ट्रशनका नरहरी थपलियाले ४९ लाख पेश्की वुझिर कामको जिम्मा दोस्रो व्यक्ती राम वहादुर विष्टलाई दिएका छन् । वर्षातमा  हिलो र  हिउँदे समयमा धुलाको सास्ती खेपिरहेका स्थानीयलाई सडक निर्माण ढिलाईले आवत जावतमा समस्या थपेको छ । 

 

काम हेर्ने सडक डिभिजन कार्यालय दाङले भने कामको ताकेता प्रति चासो नदिएको स्थानियले बताएका छन् ।