• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

रुकुम कप फुटबलको चौथो संस्करण सुरु

image not found

सानीभेरी समाचार डेस्क

कात्तिक ११ ।

रुकुम पश्चिम र पूर्वकै सर्वाधिक पुरस्कार राशिको रुकुम कप फुटबल सुरु भएको छ । समृद्ध समाज नेपाल रुकुम पूर्वले हरेक वर्ष आयोजना गर्दै आएको रुकुम कपको चौथो संस्करण शनिबारबाट सुरु भएको हो । कपको ५ नम्बर प्रदेशका सभामुख पुर्ण घर्तीले उद्घाटन गर्नुभएको थियो ।  

 

रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ रुकुमकोटमा रहेको सहिद स्मृति रुक्मिणि रंगशालामा १४ गतेसम्म चल्ने प्रतियोगीतामा रुकुम पूर्व र पश्चिमका ११ वटा फुटबल क्लवहरुले सहभागीता जनाएका छन् । प्रतियोगीताको बिजेताले नगद ८० हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप बिजेताले ४० हजार नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । 

 

 

आयोजकका अनुसार प्रतियोगिताको सेमीफाइनलबाट बाहिरिने दुई टिमले नगद १५÷१५ हजार प्राप्त गर्नेछन् । यसका साथै अनुशासित क्लबले १० हजार सहित मायाको चिनो र प्रमाणपत्र प्राप्त गर्दा उत्कृष्ट खेलाडीले मायाको चिनो प्रमाणपत्र सहित नगद ७ हजार पाउने छन् ।

 

त्यसैगरी उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र फरवार्डले मायाको चिनो प्रमाणपत्र सहित ५÷५ हजार नगद प्राप्त गर्ने छन् भने यस बर्षबाट उत्कृष्ट प्रशिक्षक पुरस्कार समेत दिइने बताईएको छ । उत्कृष्ट प्रशिक्षकले मायाको चिनो प्रमाणपत्र सहित नगद ५ हजार प्राप्त गर्नेछन् ।

 

प्रतियोगीतामा शिद्ध गुफा युवा क्लव मुसीकोट नगरपालिका १ सल्ले, मुसीकोट नगरपालिका १३ छिवाङ, रुकुमकोट युथ क्लव ए र बि, सृजनशिल युवा समाज रुकुमकोट ए र बि, हिमशिखा बोर्डिङ स्कुल रुकुमकोट, झुल्खेत सिटी, कमल दह युवा क्लव रुकुमकोट, चुनवाङ युवा समुह र शेरिगाउँले सहभागीता जनाएका छन् । 

 

प्रतियोगीताको मुख्य प्रायोजकका रुपमा सिस्ने गाउँपालिका रहेको छ । गाउँपालिकाले प्रतियोगीता संचालनका लागि दुई लाख ७५ हजार रकम सहयोग गरेको आयोजक समृद्ध समाज नेपालका अध्यक्ष सुवोधराज शिर्पालीले जानकारी दिनुभयो । संस्थाका उपाध्यक्ष राजु लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा पाँच नम्बर प्रदेशका सभामुख पुर्ण घर्तीको प्रमुख आतिथ्यता रहेको थियो । 

 

त्यस्तै कार्यक्रममा पाँच नम्बर प्रदेश सभा सदस्य तेजवहादुर ओली, जिल्ला समन्वय समिति प्रमुख गजेन्द्रवहादुर ओली, उपप्रमुख भिमकुमारी पुन, सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, भुमे गाउँपालिका उपाध्यक्ष मनकुमारी बिष्ट, जिल्ला प्रहरी प्रमुख लोकनाथ तिम्सिना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हरि थापा लगाएतको आतिथ्यता रहेको थियो । 

 

समृद्ध समाज नेपालका कार्यालय प्रमुख नामेन्द्र सुनारको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सदस्य जिवन केसीले गर्नुभएको थियो ।