• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

डिग्रे शाइकुमारी मन्दिरमा कोटीहोम महायज्ञ हुने

image not found

सानीभेरी समाचार डेस्क

कात्तिक ११ ।

रुकुम पश्चिमको प्रमुख धार्मिक स्थल डिग्र शाईकुमारीको मन्दिरमा कोटीहोम महायज्ञ संचालन हुने भएको छ । राष्ट्र शान्ति, मानकल्याण, पितृ उद्धार, भूमिपुजन, बालवालिकाको सुस्वास्थ्य दिर्घायु एवं चिरञ्जिवी र सफलताको कामनाका लागि काटीहोम महायज्ञ संचालन हुन लागेको हो । 

 

कालीमाताको उपस्थितिमा शाइकुमारी भगवती देवी मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको महायज्ञ कार्तिक १८ गते सुरु भई मंसिर ८ गतेसम्म संचालन हुने छ । २१ दिन सम्म चल्ने कोटी होममा विभिन्न धार्मिक कार्यक्रमहरु संचालन हुने छन् । 

 

शाइकुमारी भगवती देवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं कोटीहोम महायज्ञ मुल आयोजक समितिका संयोजक लालवहादुर केसीका अनुसार कोटीहोममा होमन यज्ञ, प्रवचन, चण्डीपाठ, रुद्रीपाठ, शुभ विवाह, ब्रतबन्ध, पितृ उद्धार कार्य र देह शान्ति गरिने छ । 

 

त्यस्तै तर्पण मार्जेन, नवग्रह शान्ति, चौरासि पुजा, सर्वैदान, ग्रह शान्ति र भुमि पूजन पनि गरिने छ । कोटीहोमको पहिलो दिन सानीभेरी नदि देखि डिग्रे शाइकुमारीको मन्दिर सम्म कलश यात्रा समेत निकालिने केसीले जानकारी दिनुभयो । 

 

त्यसपछि दैनिक बिहान ७ बजे देखि ११ बजेसम्म पुजापाठ, रुद्रीपाठ, चन्डीपाठ, हवन, नवग्रह सोडस, मातृका पुजा र ११ बजेपछि संगित प्रवचन, झाँकी, भजन, कृचन तथा नाचगानका कार्यक्रम हुने छन् । त्यसपछि आरती गरिने बताईएको छ । 

 

डिग्रे शाइकुमारीको मन्दिर यस क्षेत्रकै प्रमुख धार्मिक स्थल हो । यहाँ पुजा पाठ तथा दर्शन गरेमा अन्न वर्दान, धन वर्दान र पुत्र वर्दान हुन्छ भन्ने धार्मिक विश्वास रहि आएको छ । यस मन्दिरमा हरेक वर्ष भव्य मेला समेत लाग्ने गर्दछ ।