• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

शिक्षक वेपत्ता पारेको अभियोगमा वडा अध्यक्ष सहित पाँच जना जेल चलान

image not found

सानीभेरी समाचार डेस्क

कात्तिक १० ।

शिक्षक वेपत्ता पारेको अभियोगमा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ का वडाध्यक्ष सतसिङ बुढा सहित ५ जनालाई कारागार चलान गरिएको छ । 

 

जिल्ला न्यायाधीश दुर्गाबहादुर भुषालको इजलासले वडा अध्यक्ष बुढा सहित सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जसबहादुर कामी, सोही ठाउँका रामराज झाँक्री, विनोद खत्री र पुथाउत्तरगंगा गाउँपालिका–१०, का खिन्ते भनिने विकास बुढालाई समेत कारागार चलान गरेको अदालतका श्रेस्तेदार विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

 

शुक्रबार बेलुकी ८ बजेसम्म भएको बयान र बहसपछि ५ जनालाई कारागार चलान गरिएको हो । उनीहरु सबैलाई पुर्पक्षका लागि जिल्ला कारागार रुकुम पश्चिममा पठाई सकिएको छ । वडाध्यक्ष सहित ५ जना सिस्ने गाउँपालिका–६, घर भइ पुथाउत्तरगंगा गाउँपालिका–२, को आधारभुत विद्यालय पेल्मामा लामो समयदेखि अध्यापनरत ५१ वर्षीय शिक्षक मखनकुमार केसी बेपत्ता भएको घटनाको अनुसन्धानमा तानिएका थिए ।

 

शिक्षक केसी भदौ दोस्रो हप्तादेखि सम्पर्कमा छैनन् । गत साउन ३१ गते पुथाउत्तरगंगा गाउँपालिका–१०, का विकास बुढा, धर्मसुर बुढा र पेल्माकै रामराज झाँक्री लगायतले शिक्षक केसी माथी कुटपिट गरेका थिए ।

 

साउन ३१ गते कुटपिट पछि भाद्र १ गते स्थानीय मेडिकलमा उपचार गराएका केसी त्यसपछि केही दिन विद्यालय गएर पढाएको बताइएको छ । गाउँलेले भदौ १४ देखि शिक्षक सम्पर्कमा नरहेको बताएका छन् । भदौ १७ गते मात्रै परिवारले शिक्षक हराएको खबर पाएका थिए ।