• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

बजार अनुगमण शुन्य

image not found

डिल्लीबहादुर खत्री रुकुम पश्चिम,

कात्तिक १० ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा बजार अनुगमण हुन सकेको छैन् । नगरपालिकामा उप प्रमुखको नेतृत्वमा बजार अनुगमन तथा मूल्य निर्धारण समिति बनेको एक बर्ष बढी बितिसक्दा सम्म पनि समिति मौन रहदा बजार अनुगमन हुन नसकेको हो । 

 

बजार अनुगमन नहुँदा एउटै समानको पनि पसलै पिच्छे फरक फरक मुल्य रहेको र म्याद गुज्रिएका समानहरु पनि बिक्री भैरहेको स्थानीयको गुनासो छ । स्थानीय जगविर केसीले अहिलेसम्म बजार अनुगमन भएको जानकारी नभएको बताउनुभयो । 

 

‘उहाँले भन्नुभयो ब्यापारीले मनपरि मूल्य वृद्धि गरिरहेका छन् एउटै सामानको मुल्य पसललै पिच्छे फरक फरक छ, अनुगमन र नियमन गर्ने निकायहरु चुप बसिरहेका छन् ।’ महान चाड बडा दशैमा पनि बजार अनुगमन हुन सकेन । बजार अनुगमन तथा मूल्य निर्धारण समितिका संयोजक एवं नगर उप प्रमुख राधा रोकाले भने कर्मचारी अभावमा बजार अनुगमन हुन नसकेको बताउनुभयो । अब तिहार अघि बजार अनुगमन हुने उहाँको भनाई छ ।