• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

लुकुम खोला साना जलविद्युत् आयोजना सञ्चालन

image not found

सानीभेरी समाचार डेस्क

कात्तिक ९ ।

रुकुम पूर्वको भुमे गाउँपालिका–६ सीसाघारीमा निर्माण भएको जिल्लाकै सबैभन्दा बढी क्षमताको लुकुम खोला (सीसाघारी) साना जलविद्युत् आयोजनाको उद्घाटन गरिएको छ । 

 

आयोजनाले विद्युत उत्पादन गर्न सुरु गरेपछि बिहीबार एक औपचारिक कार्यक्रमकाबिच उद्घाटन गरिएको छ । आयोजना निर्माणमा करिब १० करोड आर्थीक सहयोग गरेका हङ्कङ निवासी सरमाइकल कादुरीले आयोजनाको उद्घाटन गर्नुभएको हो । 

 

एकसय ३५ किलोवाट क्षमताको विद्युत् आयोजनाका लागि कादुरी एग्रिकल्चर एड एशोसिएसन ब्रिटिस गोर्खाज नेपाल संस्था मार्फत कादुरीको परिवारले ९ करोड ७५ लाख ६ हजार ७ सय ७९ का साथै प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।

 

१० करोड ३२ लाख ५६ हजार ७ सय ७९ मा निर्माण भएको उक्त आयोजनामा नगद र श्रमदान गरी स्थानीय उपभोक्ताले ३५ लाख बराबरको लगानी गरेका थिए । २०७३ कात्तिक २ देखि निर्माण शुरु भई गत साउनमा सम्पन्न भएको उक्त आयोजनाबाट गाउँपालिकाका ५ सय ९० घरधुरी लाभान्वित भएका छन् ।

 

आयोजना उद्घाटनका लागी तीनवटा हेलिकोप्टर मार्फत कादुरीको परिवार र एउटा हेलिकोप्टरमा डकुमेन्ट्री बनाउने टोली भुमे आइपुगेको थियो । ठाउँ अभावका कारण हेलिकोप्टर गहुँबारीमा राखिएको थियो ।