• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

४८ लाख लागतमा सडक मर्मत

image not found

डिल्लीबहादुर खत्री रुकुम पश्चिम

कात्तिक, ८ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा बर्षामा अबरुद्ध भएका सडकहरु मर्मत गरिएको छ । सडक बोर्डको ३० लाख र नगरपालिकाको १८ लाख गरि कुल ४८ लाख लागतमा सडक मर्मत गरिएको नगरपालिकाको कार्यालयले जानकारी दिएको छ । 

 

नगरपालिकाका सुचना अधिकारी दिपलाल कुवरका अनुसार नगरपालिकामा गठन भएको नगर स्तरीय श्रम सहकारी मार्फत सडक मर्मत गरिएको हो । चौरजहारी नुवाकोट मुख्य सडक, प्रत्येक वडा कार्यालय पुग्ने सडक र अन्य सडकहरु मर्मत गरिएको उहाँले बताउनुभयो ।

 

नगरपालिका भित्रका सबै सडक गरेर १६ वटा सडक मर्मत गर्नुपर्नेमा अहिले ११ वटा मर्मत गरि सकिएको छ भने बाँकी ५ वटा सडक मर्मतको काम भइरहेका छन् । अबको १ हप्तामा सबै सडक मर्मत  गरिसक्ने र अति आवश्यक केही सडक भने दशै अघि नै मर्मत गरिसकेको उहाँको भनाइ छ ।

 

सडक मर्मत भएपछि आवत जावत गर्न तथा समान ओसारपसार गर्न सजिलो भएको छ । यस अघि बर्षामा बिग्रिएका सडकहरु स्थानीय र ब्यापारीहरुले पैसा संकलन गरेर मर्मत गर्नुपर्ने बाध्यता रहेको थियो ।