• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

रुक्मिणी इन्भेस्टमेन्ट कम्पनीको उद्घाटन

image not found

मदन बिसी रुकुम पूर्व,

कात्तिक ८ ।

रुकुृम पूर्वको सिस्ने गाउँपालिका वडा नं. ५ चोकबजारमा  रुक्मिणी इन्भेस्टमेन्ट कम्पनीको उद्घाटन गरिएको छ । कम्पनीको एक कार्यक्रमकाबिच सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले रिवन काटेर उदघाटन गर्नुभएको हो । 

 

कृषि, पशुपालन, जडिबुटी, स्वास्थ्य, शिक्षा तथा विभिन्न पेसा ब्यबसाय र सिपमुलक तालिमहरु संचालन गरि रोजगारीको वातावरण सृजना गर्ने उदेश्यले कम्पनि स्थापना गरिएको हो । कुल ३ करोडको लगानिमा कम्पनि खोलीएको अध्यक्ष दुर्गाबहादर बुढाथोकीले जानकारी दिनुभयो । 

 

कम्पनीका अध्यक्ष दुर्गा बुढाथोकीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल, उपाध्यक्ष गोबद्र्धन बुढा लगायत कम्पनीका शेर सदस्यहरुको  उपस्थिति रहेको थियो । 

 

कार्यक्रमको सञ्चालन सदस्य तिब्र गौतमले गर्नुभएको बताईएको छ ।