• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

प्रगतिशिल खेलकुद प्रतियोगीता सम्पन्न

image not found

प्रचण्ड खत्री रुकुम पश्चिम,

कात्तिक ८ ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ६ मग्मामा आयोजित प्रगतिशिल खेलकुद तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्तिक ४ गतेबाट सुरु भएको प्रतियोगीताको बुधबार समापन गरिएको हो । 

 

प्रतियोगीता अन्तरगत पुरुष भलिबल, सिंगारु नाच, छेलो, रसाकसि र लोकदोहोरी प्रतियोगीता संचालन गरिएको थियो । त्यस्तै साँस्कृतिक कार्यक्रमहरु पनि संचालन गरिएको थियो ।  

 

जिल्लाका २५ वटा भलिबल समुले प्रतिस्पर्धा गरेको भलिबल प्रतियोगीतामा त्रिवेणि गाउँपालिका ८ प्रथम भएको छ । उसले नगद ६० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । 

 

द्धितिय हुने सानीभेरी गाउँपालिका ५ ले नगद ४५ हजार र तृतिय स्थान हासिल गर्ने चौरजहारी नगरपालिकाले नगद ३० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक प्रगतिशिल युवा क्लवले जनाएको छ । 

 

भलिबलमा सानीभेरी गाउँपालिका ५ का यदु ओली उत्कृष्ट खेलाडि र त्रिवेणि ८ का डायमण्ड खड्का उत्कृष्ट स्पाइकर घोषित हुनुभयो ।  त्यस्तै सिंगारु नाचमा वडा नम्बर ६ को शेरजंग खनालको समुह प्रथम, कुसारी टीम द्धितिय र मनकला खनालको समुह तृतिय भएको छ । 

 

छेलोमा बाँफिकोट ६ का धर्म विश्वकर्मा प्रथम हुँदा रसाकसीमा जिपसिंङको  विशेष शाहिको टीम प्रथम भएको छ । लोकदोहोरीमा भने भावना केसीको समुह प्रथम भएको बताईएको छ । 

 

क्लवका संयोजक देवराज खनालको अध्यक्षतामा भएको समापन कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य देवि ओलीको प्रमुख आतिथ्यता रहेको थियो । 

 

त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख इन्दिरा बिएम, गाउँपालिका उपाध्यक्ष मनकला पुन, वडा नं. ३ का अध्यक्ष चन्द्रवहादुर केसी, ४ अध्यक्ष लिलाराम बिक, ६ का अध्यक्ष मनोज कुमार अधिकारी, ७ का अध्यक्ष नरवहादुर खत्री लगाएतको आतिथ्यता रहेको थियो । 

 

कार्यक्रमको संचालन क्लवका सदस्य विवेक खनालले गर्नुभएको थियो ।