• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

१७ महिना पछि उडान

image not found

सानीभेरी समाचार डेस्क

कात्तिक, ८ ।

जिल्लाकै पुरानो चौरजहारी विमानस्थल १७ महिना पछि पुनः सुचारु भएको छ । २०७४ सालको जेठबाट अवरुद्ध भएको विमानस्थल वुधबार बाट सुचारु भएको हो । विमान नभएको भन्दै नेपाल वायु सेवा निगमले उडान बन्द गरेको १७ महिना पछि चौरजहारीमा पुनः उडान सुरु भएको छ । 

 

हिजो बिहान नेपाल बायु सेवा निगमको विमानले काठमाडौं चौरजहारी नेपालगञ्ज उडान भरे संगै चौरहजारी विमानस्थल सुचारु भएको हो । अव यस विमानस्थलमा नेपाल वायु सेवा निगमले हप्तामा दुई दिन उडान भर्ने चौरजहारी विमानस्थलका निमित्त स्टेशन इन्चार्ज सुरेन्द्र नेपालीले बताउनुभयो । 

 

उहाँका अनुसार बुधबार काठमाडौं चौरजहारी नेपालगञ्ज र बिहिबार नेपालगञ्ज चौरजहारी काठमाडौं उडान हुने छ । नेपालगञ्जका लागि ३ हजार र काठमाडौंका लागि ८ हजार भाडादर कायम गरिएको बताईएको छ । 

 

लामो समयको अन्तराल पछि विमानस्थल सुचारु भएपछि रुकुम पश्चिमको चौरजहारी नगरवासीका साथै सल्यान र जाजरकोट वासी हर्षित भएका छन् । रुकुम, जाजरकोट र सल्यानलाई लक्षित गरेर यो विमान स्थल २०२८ सालमा निर्माण गरिएको हो । 

 

२०७२ सालमा विमानस्थल स्तरोन्नतिको काम सकिएपछि बिमानस्थल नै अवरुद्ध भएको थियो । स्तरोन्नतिको काम सकिएपछि केहि महिना सम्म उडान भएपनि त्यसपछि भने बिमान र पाईलट नभएको भन्दै नेपाल वायुसेवा निगमले चौरजहारीमा बिमान पठाउँन छाडेको थियो । यो जिल्लाकै पुरानो विमानस्थल हो । 

 

तर लामो समयसम्म विमानस्थल अवरुद्ध हुँदा यस विमानस्थलबाट सेवा लिदै आएका नागरिकहरु आक्रोषित बनेका थिए । विमानस्थल सुचारु गर्नका लागि स्थानीय सरकारले समेत बारम्बार ताकेता गरेको थियो । चौरजहारी नगरपालिकाले विमानस्थल सुचारुका लागि पटक पटक नेपाल वायु सेवा निगमलाई पत्र समेत लेखेको थियो ।