• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

नेपाल मगर संघले बुझायो ज्ञापन पत्र

image not found

सिजन बाँठामगर 

२९ मंसीर, मुसीकोट

नेपाल मगर संघ रुकुमले संसदमा दर्ताभएको संविधान संसोधन प्रस्ताब पास गर्न माग गरेको छ । संसोधन मार्फत प्रदेश नः ५ का पहाडी जिल्लाहरुलाई ४ नः प्रदेशमा मिलाउने प्रस्तावले मगरहरुको सघन वस्तीको कलष्टरलाई केहि हदसम्म सम्बोधन गर्ने भन्दै संघले  संसोधन प्रस्ताव पारीत गर्न माग गरेको हो । 

 

आज जिल्ला प्रशासन कार्यालय रुकुम मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै संघले प्रदेश नः ४, ५ र ६ का मगर बाहुल्य क्षेत्रलाई जोडेर ऐतिहाँसीक पहिचानका आधारमा अधिकार सम्पन्न एकीकृत मगरात स्वायत्त प्रदेश स्थापना गर्न जोडदार माग गरेको छ । त्यस्तै उसले आदिवासी, जनजाती, मधेसी, मुस्लीम लगाएतका बर्ग, तथा समुदायले राखेका मागपुरा गर्न पनि ज्ञापन पत्र मार्फत आग्रह गरेको छ । 

 

संघका जिल्ला अध्यक्ष पुनिराज घर्तीमगरले बुझाएको ज्ञापन पत्र मार्फत नेपालमा बोलिने सबै मातृभाषाहरुलाई सरकारी कामकाजको भाषा बनाउन र राज्यका सबै निकायमा जातिय जनसंख्याको अधारमा पुर्ण समानुपातीक प्रतिनिधित्वको संवैधानिक रुपमा सुनिश्चित गर्न माग गरिएको छ ।

 

यसैविच संघले मगरात कलष्टर जोडिदै गर्दा कतिपय राजनितिक नेताहरुले यसको बिरोध गरेकोमा आपत्ती जनाउँदै  मगर भुमिलाई चिरापार्ने गरी जनतालाई भ्रम छर्ने आन्दोलन बन्द नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।।