• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

भूमेमा मौलिक साँस्कृतिक कला केन्द्रको उद्घाटन

image not found

 

जयमान बुढा मगर रुकुम पूर्व,

कात्तिक ७ ।

रुकुम पूर्व भूमे गाउँपालिकामा मौलिक साँस्कृतिक कला केन्द्रको उद्घाटन गरिएको छ । भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बेनर खोलेर एक कार्यक्रमकाबिच मौलिक साँस्कृतिक कला केन्द्रको उद्घाटन गर्नुभएको हो । 

 

मौलिक साँस्कृतिक कला केन्द्र जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वमा समेत दर्ता गरिएको मौलिक साँस्कृतिक कला केन्द्रका अध्यक्ष शिखर विश्वर्कमाले बताउनुभयो । ९ जनाको कार्यसमिति रहेकोमा उक्त कला केन्द्रको केन्द्र कार्यालय भूमे गाउँपालिका वडा नम्बर २ खाबाङ बगरमा रहने अध्यक्ष विश्वर्कमाले जानकारी दिनुभयो ।

 

कलाकेन्द्र उद्घाटन कार्यक्रममा आ–आफ्नो ठाउँको मौलिकता बोकेका झाँकी नाच, पैसेरु नाच, मयूर नाच प्रदर्शनी गरेका थिए । नाच प्रदर्शनी गर्ने ५ समूह रहेकामा पालिकाका अध्यक्ष रामसुर बुढाले प्रत्येक समूहलाई आफ्नो व्यक्तिगत तर्फबाट २÷२ हजार र मौलिक साँस्कृतिक कला केन्द्रको तर्फबाट २÷२ हजारले सम्मान गरिएको थियो ।

 

स्थानीय स्तरको आ–आफ्ना ठाउँका मौलिक साँस्कृतिक कलालाई संरक्षण गर्ने उद्देश्यले मौलिक साँस्कृतिक कला केन्द्रको दर्ता गरिएको अध्यक्ष विश्वर्कमाले बताउनु भएको छ । मौलिक कला साँस्कृतिक, स्थानीय कलाकार उत्पादन तथा सम्मान गरि रुकुम पूर्वकै भेषभाषा बोकेका साँस्कृतिकको उठान गर्ने लगाएतको उद्देश्य रहेको बताइएको छ । 

 

उद्घाटन कार्याक्रममा पुराना लोप हुन गएका कला तथा साँस्कृतिकको संरक्षण र प्रबद्र्धन गर्नमा पालिकाले सदैव सहयोग गर्ने भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताउनु भएको छ ।

कार्याक्रममा श्रद्धाञ्जली कार्याक्रम समेत गरिएको थियो । गत असोज १८ गते ट्याक्टरको ठक्रबाट मृत्यु हुनुभएको मौलिक साँस्कृतिक कला केन्द्रका कोषाध्यक्ष सुनकुमारी घर्तिको सम्झनामा  एक घण्टा श्रद्धाञ्जली कार्याक्रम गरिएको थियो । घर्तिको तस्बिरमा अबिर तथा माला अर्पण गरिएको हो ।  

 

मौलिक साँस्कृतिक कला केन्द्रका अध्यक्ष शिखर विश्वकर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा भूमे गाउँपमलिकाका अध्यक्ष रामसुर बुढा मगरको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै १ नम्बर वडाका वडा अध्यक्ष रामचन्द्र पुन, २ का अध्यक्ष नरबहादुर वुढा, विभिन्न वडाका वडा सदस्यहरु, सिटिजन्स बैंक भूमे गाउँपालिकाका शाखा प्रबन्धक दुर्गा बहादुर डाँगी, ईलाका प्रहरी कार्यालय खाबाङ बगरका इन्चार्ज ठक बहादुर बस्नेत, बुद्धिजिबी नारायण पुन, प्रिथि बहादुर बुढा, कलाकार लगाएतको उपस्थिती रहेको थियो । गायक धर्म बुढाको स्वागत मन्तव्य रहेको कार्यक्रमको  सञ्चालन समुन्द्र बुढाले गर्नु भएको थियो ।