• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

रंगशाला निर्माणमा जुटे युवाहरु

सानीभेरी समाचार डेस्क

कात्तिक, ७ ।

रुकुम पश्चिममा युवाहरुको सक्रियतामा रंगशाला निर्माण हुने भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका ६ मग्माका युवाहरु गाउँमा रंगशाला निर्माणमा जुटेका छन् । कवर्डहल र मैदान सहितको रंगशाला निर्माणका लागि मग्माका ९ जना युवाहरु यतिबेला सहयोग संकलनमा व्यस्त छन् । 

 

खेलकुदको विकासका लागि भन्दै आफुहरु रंगशाला निर्माणको अभियानमा जुटेको रंगशाला निर्माण अभियानको नेतृत्व गरिरहेका बाँफिकोट ६ मग्माका देवराज खनालले बताउनुभयो । रंगशाला निर्माणका लागि देश तथा विदेशबाट आर्थिक संकलन भैरहेको छ ।

 

आफुहरुले आग्रह गर्ने गरेको र देश तथा विदेशमा रहेका नेपालीहरुले स्वत स्फुर्त सहयोग गरिरहेको नेतृत्वकर्ता खनालले बताउनुभयो । उहाँका अनुसार रंगशाला निर्माणका लागि हालसम्म साढे २७ लाख संकलन भएको छ । 

 

गत भाद्र महिनाबाट आर्थिक संकलन अभियान सुरु भएकोमा दुई महिनामै साढे २७ लाख सहयोग उठेको खनालले जानकारी दिनुभयो । अमेरिका, दक्षिण कोरिया, मलेसिया, दुवै लगाएतका देशमा रहेका नेपालीहरुले सहयोग गरिरहेका छन् । एकै व्यक्तिले सवा पाँच लाख सम्म सहयोग गरेका छन् ।

 

हाल अमेरिकामा रहेका मग्माकै गोर्खवहादुर कुसारीले ५ लाख २५ हजार ५ सय ५५ रुपैंया सहयोग गरेको रंगशाला निर्माणको अभियानमा संलग्न विवेक खनालले बताउनुभयो । त्यस्तै यस अभियानमा अमेरिकामै रहेका जिल्लाको आठबीसकोट नगरपालिकाका प्रेम केसीले ५ लाख ९१ हजार संकलन गरेर पठाईदिनु भएको छ ।

 

उहाँले गो फण्ड नामक अभियान संचालन गरी उक्त रकम संकलन गरेको खनालले बताउनुभयो । यस अभियानमा हालसम्म ६३ जनाले आर्थिक सहयोग गरेका छन् । रंगशाला निर्माणको अभियानमा लागेका युवाहरुले तिहार अगाडि रंगशालाका लागि जग्गा खरिद गर्ने लक्ष लिएका छन् । 

 

तिहार अगाडि नै रंगशाला निर्माणका लागि जग्गा खरिद गर्ने र त्यसपछि के कस्ता संचरना निर्माण गर्ने र रंगशाला कस्तो बनाउँने भन्ने बारेमा डिपिआरको काम हुने छ । 

 

पुर्ण रुपमा सहयोग संकलन गरेर रंगशाला निर्माण गर्ने लक्ष लिईएको र निर्माण नसकिदा सम्म सहयोग संकलन जारी रहने उहाँले बताउनुभयो ।