• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

आगलागी पिडीतलाई राहत

image not found

सर्जना कार्की रुकुम पूर्व,

कात्तिक ७ ।

रुकुम पूर्व सिस्ने गाउँपालिका ५ मा आगलागी पीडीत ज्ञान प्रसाद वुढाको परीवारलाई राहत वितरण गरीएको छ । सिस्ने गाउँपालीकाले वुढाको परीवारलाई १ लाखसम्मको निशुल्क उपचार सेवाको व्यवस्था समेत गरीदीएको गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दीनुभयो ।

 

उहाँका अनुशार मंगलबार वुढाको गाउँमै पुगी २० हजार बराबरको कपडा, साबुन, लाइट लगायतका अन्य सामानहरु वितरण गरीएको छ । जाडो मौसम शुरु हुदै गर्दा स्वास्थ्यलाई ध्यानमा राखी स्विटर ३, धोति ३, म्याक्सि ३, खास्टो ३ र अन्य सरसफाइका सामानहरु उपलब्ध गराइएको हो । 

 

गाउँपालिका अन्तर्गतको बालबालिका तथा महीला विकास कोषबाट राहत उपलब्ध गराएको सिस्ने गाउँपालिकाले जनाएको छ । घरमा मासु पकाउने क्रममा एक्कासी कराईको तेल बलेर सिस्ने गाउँपालिका ५ निवासी वुढाको घरमा यहि २ गते साढे एघार बजे आगलागि हुँदा घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो । 

 

आगलागीबाट ज्ञानु वुढाकी श्रीमति ३६ वर्षिया मोतिकला वुढा जलेर घाइते हुनुभएको थियो । हात, खुट्टा र ढाड पोलिएर घाइते वुढाको नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल, वडा नम्बर ५ का अध्यक्ष शान्त बहादुर विक, नेकपाका प्रतिनीधी बासुदेव गौतम र स्थानियको उपस्थितीमा रााहत वितरण गरीएको हो ।  

 

राहत वितरण गरेको भन्दै वुढाको परीवार र स्थानियले खुसी व्यक्ति गर्दै गाउँपालिकालाई धन्यवाद ज्ञापन गरेका छन् ।