• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

बालुवाचौर, खोलिबड्गाउँ हुदै स्यार्पु जोड्ने सडक सुचारु भएन

प्रचण्ड खत्री रुकुम पश्चिम,

कात्तिक ६ । 

रुकुम(पश्चिम)को बाँफिकोट गाउँपालिका ४ मा पर्ने बालुवाचौर, खोलिबड्गाउँ हुँदै स्यार्पु जोड्ने सडक निर्माण भएको दुई बर्ष बिति सक्दा पनि संचालनमा आउन सकेको छैन । २०७३ साल माघमा निर्माण भएको सडक मर्मतमा कसैको चासो नदिदा उक्त सडकमा गाडी गुड्न नसकेका हुन् ।

 

स्यार्पुताल सम्म जोड्ने उक्त आठ किलोमिटर सडकमा गाडि गुड्नुको सट्टा मर्मत हुन सकेको छैन । सडक निर्माणको लागी भनेर साविकको बाँफिकोट गाविसले २ लाख, मारुकिता कम्पनी(जाईका)ले २ लाख, बाँफिकोट गाउँपालिकाकाले २० लाख र ४ नम्वर वडाले ४ लाख गरि २८ लाख बजेड सडकमा हालिएको थियो । 

बिभिन्न निकायको २८ लाख र उपभोत्ता समितिका ११ जना सदस्यहरुले एक लाख ५० हजारका दरले रकम उठाएर सडक निर्माण गरिएको सडक निर्माण उपभोक्ता समिति सचिव प्रशान्त रिजालले बताउनु भयो । सडकको लागि जम्मा ४५ लाख रकम खर्च भएको सचिव रिजालले भनाई छ । 

 

सडक खन्दा समितिका सदस्यहरुले उठाएको पैसाको ऋण तिर्ण नसकेको सडक निर्माण उपभोक्ता समितिले बताएको छ । सडक मर्मत गरि सुचारु गर्न सके स्यार्पुताल जान छिटो र सहज हुने स्थानियले बताएका छन् ।