• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

रुकुम कप नकआउट फुटबलको चौथो संस्करण यहि १० गतेबाट

image not found

मदन बिसी रुकुम पूर्व,

कात्तिक ६ ।

रुकुम कप नकआउट फुटबल प्रतियोगिताको चौथो संस्करण यहि कात्तिक १० देखि १४ गते सम्म हुने भएको छ । समृद्ध समाज नेपाले हरेक बर्ष गर्दै आएको प्रतियोगिता रुकुम पूर्व सिस्ने गाउँपालिकाको सहिद स्मृति रुक्मिणी रंगशाला रुकुमकोटमा संचालन हुँदैछ ।

 

रुकुम पुर्ब सहित रुकुम पश्चिम, रोल्पा, दाङ, सल्यान, जाजरकोट लगाएत जिल्लाका फुटबल क्लबहरुले सहभागी जनाउँदै आएको प्रतियोगितामा यस वर्षबाट नेपाली सेना, संशस्त्र प्रहरी र जनपद प्रहरीले समेत सहभागीता जनाउन पाउने समृद्ध समाज रुकुम पुर्वका खेल संयोजक तिलक रेउले ‘भाष्करले बताउनुभयो ।

 

बिगतका वर्षहरु भन्दा यसवर्ष अझ व्यबस्थित ढंगले खेल संचालन गर्नका लागि आयोजकले सबै तयारीहरु तिव्र पारेको उहाँले बताउनुभयो । प्रतियोगीताको बिजेताले नगद ८० हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप बिजेताले ४० हजार नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । 

 

त्यस्तै प्रतियोगिताको सेमीफाइनलबाट बाहिरीने दुई टिमले मायाँको चिनो प्रमाणपत्र सहित नगद १५÷१५ हजार प्राप्त गर्नेछन् । अनुशासीत क्लबले १० हजार सहित मायाको चिनो र प्रमाणपत्र प्राप्त गर्दा उत्कृष्ट खेलाडीले मायाको चिनो प्रमाणपत्र सहित नगद ७ हजार पाउने आयोजकले जनाएको छ ।

 

त्यसैगरी गोलकिपर, डिफेन्डर, मिडफिल्डर र फर्वाडले मायाको चिनो प्रमाणपत्र सहित ५÷५ हजार प्राप्त गर्ने र यस बर्षबाट उत्कृष्ट प्रशिक्षक पुरस्कार समेत दिइने बताईएको छ । उत्कृष्ट प्रशिक्षकले मायाको चिनो प्रमाणपत्र सहित ५ हजार प्राप्त गर्नेछन् ।

 

तेस्रो संस्करणबाट स्थानीय सरकारको रूपमा रहेको सिस्ने गाउँपालिकाले आर्थिक सहयोग गर्दै आएकाले प्रतियोगिता थप व्यवस्थित हुने बिस्वास गरिएको छ ।