• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

जनताका सामु शिर निहुरिने कुनै काम गर्दैनौंः मन्त्री खत्री

सानीभेरी समाचार डेस्क

कात्तिक, ५ ।

कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री खड्क वहादुर खत्रीले जनताका सामु शिर निहुरिने काम आफुहरुले नगर्ने बताउनुभएको छ । यदि कहि कतै त्यस्तो हुन गएमा खवरदारी गर्न उहाँले आम जनतालाई आग्रह समेत गर्नुभयो । 

 

रंगशाला निर्माणका लागि सहयोग जुटाउने उद्ेश्यले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ६ मग्मामा आयोजित खेलकुद तथा साँस्कृतिक कार्यक्रम उद्घाटन समारोहमा बोल्दै मन्त्री खत्रीले यस्तो बताउनुभयो । समग्र कर्णाली प्रदेशलाई समृद्धिको बाटोमा लैजानका लागि प्रदेश सरकार लागि परेको उहाँले जानकारी गराउनुभयो । 

 

हामि समग्र कर्णाली प्रदेशलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने अभियानमा जुटेका छौं, उहाँले भन्नुभयो, हामिबाट कहि कतैपनि जनताका विचमा शिर निहुरिने खालको काम हुने छैन्, यसका लागि तपाईहरुले पनि हामिलाई खवरदारी गरिराख्नुहोला ।’ 

 

साथै उहाँले प्रदेश सरकारबाट जिल्लामा आउँने बजेटको सहि कार्यान्वयनका लागि चासो व्यक्त गर्न पनि जिल्लावासीलाई आग्रह गर्नुभयो । कति कतै अनियमितता भएको पाईएमा तुरुन्त खवरदारी गर्न उहाँको आग्रह छ । 

 

यसैविच मन्त्री खत्रीले खेलकुदको विकासका पनि प्रदेश सरकार लागि परेको बताउनुभयो । रंगशाला निर्माणका लागि मात्र सरकारले २१ करोड बजेट बिनियोजन गरेको उहाँले जानकारी गराउँनुभएको थियो । प्रगतिशिल युवा क्लव बाँफिकोट ६ ले रंगशाला निर्माणको सहयोगार्थ खेलकुद प्रतियोगीता आयोजना गरेको हो । 

 

युवाहरुले थालेको यस अभियान उदाहरणिय भएको भन्दै कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री खत्रीले यस अभियानका लागि पनि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउँनुभयो ।