• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

फरार ट्याक्टर चालक पक्राउ

image not found

सानीभेरी समाचार डेस्क

कार्तिक ३, रुकुम पश्चिम ।

 

रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका ७ भुर्तिवाङमा गत असोज ३१ गते भएको ट्याक्टर दुर्घटनापछि फरार ट्याक्टर चालक पक्राउ परेका छन् । 

 

ट्याक्टर चालक त्रिवेणि ९ का २६ वर्षिय शेरवहादुर बस्नेतलाई लुकि छिपि बसेको अवस्थामा जिल्लाको नुवाकोटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   

 

रा १ त १६०२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा त्रिवेणि १ रुघाँका  २७ वर्षिय नविन केसी र त्रिवेणि ६ का १६ वर्षिय राम वहादुर ओली घाईते हुनुभएको थियो भने स्थानीय हिरासिंह डाँगीको गाई मर्नुका साथै उहाँको घरमा पनि क्षेति पुगेको थियो ।