• अहिले तरंगमा
  • केहि छिनमा

ताजा अपडेट :

समाचार

रुकुम, जाजरकोट र सल्यान विचमा त्रिकोणात्मक क्रिकेट हुने

image not found

सानीभेरी समाचार डेस्क मंसिर, २८ । रुकुम, जाजरकोट र सल्यान विचमा मैत्रिपुर्ण त्रिपक्षिय क्रिकेट प्रतियोगीता हुने भएको छ । जाजरकोट युवा क्रिकेट क्लवको आयोजनामा यहि मंसिर ३० गते भोलीबाट पुस ३ गतेसम्म प्रतियोगीता हुन लागेको हो । यस क्षेत्रको क्रिकेट विकासमा टेवा पु¥याउने भन्दै प्रतियोगीता आयोजना गरिएको क्लवका अध्यक्ष अनिश कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार जाजरकोटको त्रिभुवन जनता उच्च माविमा संचालन हुने प्रतियोगीताको उद्घाटन खेल आयोजक जाजरकोट र रुकुम विचमा हुने छ । 

 

उद्घाटन खेल मंसिर ३० गते हुने छ भने दोस्रो खेल पुष १ गते रुकुम र सल्यान विचमा हुने छ । तेस्रो खेलमा पुष २ गते सल्यानले आयोजक जाजरकोटको सामना गर्ने छ । उत्कृष्ट २ टिम फाइनल प्रवेश गर्ने छन् । फाईनल खेल पुष ३ गते हुने छ । विजेतालाई ट्रफी, मेडल र प्रमाण पत्र सहित १० हजार नगदको व्यवस्था गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रत्येक खेलका म्यान अफ द म्याचलाई १ हजार, बेष्ट बलरलाई २५ सय, बेष्ट ब्याट्सम्यानलाई २५ सय र प्रतियोगीताको उत्कृष्ट खेलाडीलाई ५ हजार नगद प्रदान गरिने छ ।

 

प्रतियोगीताको विजेताले अर्को मैत्रीपुर्ण प्रतियोगीताको आयोजना गर्ने छ । भौतिक पुर्वाधारमा कमजोर रुकुम, सल्यान, जाजरकोट, रोल्पा लगाएतका पहाडी जिल्लामा पछिल्लो समय क्रिकेटको क्रेज बढेको छ । पछिल्ला केहि वर्षदेखि वर्षमा एउटा सम्म भएपनि यस क्षेत्रमा क्रिकेट प्रतियोगीताहरु हनु थालेका छन् ।