• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

बालिकालाई जवरजस्ती करणि गर्न खोज्ने एक युवक पक्राउ

image not found

सानीभेरी समाचार डेस्क

कार्तिक ३, रुकुम पश्चिम ।

 

१४ वर्षिया एक बालिकालाई जवजस्ती करणि गर्न खोज्ने एक युवकलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पक्राउ गरेको छ । १४ वर्षिया बालिकालाई जवरजस्ती करिणि गर्न खोज्ने चौरजहारी नगरपालिकाका ५ लहरे सिमलका २० वर्षिय समिर केसी पक्राउ परेका हुन् । 

 

यस घटनामा संलग्न अर्का एक युवक भने फरार रहेको र खोजि कार्य जारी रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिनुभयो । चौरजहारी ५ कै १९ वर्षिय तिलक केसी फरार रहेका छन् । 

 

उनिहरुले गत असोज २९ गते गाउँमा नाच चलिरहेका बेला शौचालय गएको मौका पारी एक बालिकालाई जवरजस्ती हात पकडेर जंगलतिर लैजाने प्रयास गरेको प्रहरीले बताएको छ । बालिका चिच्याएपछि उनिहरु फरार भएका भएका थिए ।

 

जवरजस्ती करणि उद्योग अन्तरगत घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।।