• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

बाँफिकोट दुईमा खेलकुद विकास समिति गठन

image not found

सानीभेरी समाचार डेस्क

कार्तिक ३, रुकुम पश्चिम ।

 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२, ले वडा खेलकुद विकास समिति गठन गरेको छ । जनकल्याण माध्यामिक विध्यालयमा युवा भेलाको आयोजना गरि वडा कार्यालयले खेलकुद समितिको पुनर्गठन गरेको हो । 

 

बाँफिकोट गाउँ कार्यपालिका अर्थ समितिका सभापति मनबहादुर वादीको प्रमुख आतिथ्यतामा भएको भेलाबाट सुमन बुढाथोकीको अध्यक्षतामा १५ सदस्यीय वडा खेलकुद समिति गठन गरिएको हो ।

 

वडा खेलकुद समितिको उपाध्यक्षमा लोकेन्द्र पुन, सचिवमा लक्ष्मण पौड्ल, सहसचिव ध्रुव पौडेल र कोषाध्यक्षमा लक्ष्मी जैसी रहेका छन् । समितिको सदस्यमा लालबहादुर केसी, दुर्गालाल खत्री, अर्जुन खत्री, धनबहादुर ननथ, कल्पना दाहाल, कलबहादुर दाहाल, भिमसेन खत्री, प्रेम खत्री, रामबहादुर परियार र बिरबहादुर पौडेल रहेका छन् ।

 

खेलकुद, साँस्कृति सहित युवाको क्षेत्रमा कामकाज गर्ने गरी खेलकुद समिति पूनः गठन गरिएको वडा अध्यक्ष धनबहादुर खत्रीले बताउनुभयो । वडा सदस्य कर्णबहादुर खत्रीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष खत्रीले गर्नुभएको थियो भने बाँफिकोट गाउँ कार्यपालिका सदस्य जनकुमारी खत्रीको पनि उपस्थिति रहेको थियो ।

 

यसैबिच पूर्नगठित समितिको पहिलो बैठक बसेको छ । बैठकले समिति भित्र पनि विभिन्न उप समिति गठन गरेको छ । बैठकले जिपुमा हरेक बर्ष लाग्ने पाँच पुनि मेलामा टोल स्तरीय खेलकुद आयोजना गर्ने ।

 

त्यसैबाट वडा स्तरीय महिला तथा पुरुष भलिबलका खेलाडी छनौट गर्ने निर्णय भएको अध्यक्ष सुमन बुढाथोकीले जानकारी दिनुभयो ।