• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

आगलागि भएको १२ घण्टामै राहात

image not found

सर्जना कार्की 

कार्तिक ३, रुकुम पूर्व ।

 

आगलागी पिडित रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ रुमालवाराका ज्ञानप्रसाद वुढाको परीवारलाई राहात वितरण गरिएको छ । बस्ने बास र खाने गास समेत नरहेपछि घटना लगत्तै वुढाको परीवारलाइ जिल्ला प्रशासन कार्यालयले राहात उपलव्ध गराएको हो । राहात कोषबाट बुढाको परिवारलाई घरमै पुगेर राहात वितरण गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिनुभयो ।

 

प्रमुख जिल्ला अधिकार शर्मा सहितको टोलीले घटना स्थलमै पुगी वुढाको परिवारलाई नगद ३० हजार, १ बोरा चामल, २ लिटर तेल, ५ केजि चिउरा, २ केजि दाल र २ केजि नुन वितरण गरेको हो । घटना भएको केहि समय भित्रै राहात पाएपछि आगलागि पिडित बुढाको परिवारले खुशि व्यक्त गरेको छ ।

 

घटना भएको केहि घण्टामै घरमै आएर राहात वितरण गरिएपछि आफुहरुको दुःखको घाउमा थोरै भएपनि मल्हम पट्टि लगाएको महशुस भएको बुढाको परिवारले बताएको छ । राहात वितरण टोलीमा प्रमुख जिल्ला अधिकारी शर्मा सहित वडा अध्यक्ष शान्ते बहादुर बिक, जिल्ला प्रशासन कार्यालयका सुब्बा हर्क शाही, सदस्य फनेन्द्र आचार्य, प्रहरी निरिक्षक दिवाकर रिजाल, राष्ट्रिय अनुसनधानका अनुसन्धान अधिकृत शुक्रराज केसी लगाएतको उपस्थिति रहेको थियो ।