• अहिले तरंगमा
  • केहि छिनमाशुभ बिहानी

ताजा अपडेट :

समाचार

घाँटि वारपार हुने गरी चक्कु प्रहार गर्ने सात जना पक्राउ

image not found

सानीभेरी समाचार डेस्क 

कार्तिक ३, रुकुम पश्चिम ।

 

रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका १ रुघाँमा कार्तिक १ गते साँझ भएको चक्कु प्रहार घटनामा संलग्न ७ जना पक्राउ परेका छन् । त्रिवेणि गाउँपालिका २ का २८ वर्षिय कृष्ण ओलीलाई चक्कु प्रहार गरी घाईते बनाउँने सात जनालाई प्रहरीले पक्राउ गरेको हो । 

 

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काका अनुसार घटनाका मुख्य अभियुक्त त्रिवेणि गाउँपालिका वडा नम्बर १ का रमेश खड्का सहित घटनामा संलग्न वडा नं. १ कै रेशम पुनमगर, जीवन पुनमगर, समिर ओली, यमन पुनमगर, कमल पुन र संगम भनिने बिक्रम बाँठा पक्राउ परेका हुन् । 

 

पाँच जना हिजो पक्राउ परेका हुन् भने दुई जनालाई आज पक्राउ गरिएको डिएसपि खड्काले बताउनुभयो । राँगा काट्ने मेलाबाट फर्किने क्रममा मदिरा सेवन गरेको खड्काको समुहले आक्रमण गरी ओलीको घाटिमा खुकुरी प्रहार गरेको थियो । 

 

ओलीलाई घाटिमै चक्कु अड्किएको अवस्थामा उद्धार गरी उपचारका लागि काठमाडौंमा लगिएको थियो । ओलीको हाल काठमाडौंमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।।